सेसेथामा किराँत साहित्यकार फाइवाली « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

सेसेथामा किराँत साहित्यकार फाइवाली


यलम्वर टाइम्स
११ बैशाख २०७४, सोमबार १२:१६

phaiwaliअर्जुनधारा / किराँत साहित्यकार नवल फाईवालीको जीवनमा आधारित लिम्बू भाषाको कृति सेसेथा सार्वजनिक भएको छ ।

फाईवालीकै निवासमा आएर त्यसका सम्पादक सेसेमिसे नाल्बो, प्रमुख अतिथि किराँत साहित्यकार लक्ष्मी शेर्मा, अर्का साहित्यकार हरि चोङ्बाङले संयुक्त रुपमा विमोचन गरेका थिए ।

नाल्बोको सभापतित्वमा भएको कार्यक्रममा पुस्तक विमोचन गर्दै प्रमुख अतिथि शेर्माले फाईवालीले किराँत साहित्यमा गरेको योगदान भूल्न नसकिने भएको हुँदा लिम्बूवान भूमिमा उहाँको कृति अमर रहेको बताए । यसरी नै हरि चोङबाङले फाईवालीको योगदानलाई राज्यले कदर गर्नुपर्ने बताए ।

कार्यक्रममा साहित्यकार फाईवालीले आफ्नोबारेमा यसरी चर्चा गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।