जनमुक्ति कतारको बैठकले सरकारको कडा आलोचना « Yalambar Times
१ बैशाख २०८१, शनिबार

जनमुक्ति कतारको बैठकले सरकारको कडा आलोचना


यलम्वर टाइम्स
१८ श्रावण २०७४, बुधबार ०८:४५

कतार / जनमुक्ति मञ्च कतारको केन्द्रीय समितिको बैठकले सत्ताधारीको कडा आलोचना गरेका छन् ।

जुलाई २० तारिकमा सम्पन्न बैठकको प्रमुख अतिथि वरिष्ठ सल्लाहकार महेन्द्र थापाले गरेका थिए । बैठकले स्थानीय निर्वाचनमा सत्ताधारीकै वर्चस्व कायम भएको हुँदा मुलुक अझै समृद्धिको बाटोमा जान नसक्ने ठोकुवा गरेका थिए ।

शासन सत्तामा कांग्रेस, एमाले र माओवादी नै जिम्मेवार बसेको हुँदा तमाम् नेपाली जनताको आर्थिक समृद्धि, जातीय मुक्तिको महत्वपूर्ण ढोका खोल्न नसके र भ्रष्टचारीलाई देश निकाला नगरेसम्म मुलुक बन्न नसक्ने लगायतका कुरा बैठकमा उठेको थियो ।

बैठकमा प्रमुख अतिथि थापाले राष्ट्रिय राजनीतिकको मूलधारमा बढ्दै गरेको राष्ट्रिय जनमुक्तिलाई अझ सशक्त ढंगले लैजान सके तमाम् नेपाली जनताको भविष्य यही दलको दस्तावेजमा रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि मन थापा (डीवी)ले मुलुकमा व्यक्त बेतिथि, बेरोजगारी, आर्थिक भ्रष्टचारीलाई निमिट्यान्न नपारेसम्म मुलुक अगाडि बढ्न नसक्ने बताए ।

विशिष्ट अतिथि थापाले विकसीत र व्यवस्थित कानून बनाउन अघि बढेको जनमुक्तिले जातजातिको अधिकार सुनिश्चित गर्ने, धर्मनिरपेक्ष साथै मुलुकलाई समृद्धिको बाटोमा डोहो¥याउने र हजारौं युवाहरुलाई स्वदेशमा नै रोजगार दिलाउन सक्ने दल जनमुक्ति भएको हुँदा यसलाई अगाडि बढाउन प्रवासीहरु सक्रिय हुनु पर्ने बताए ।

उनले अधिकार प्राप्तिका लागि कडाभन्दा कडा आन्दोलनमा उत्रनु पर्नेमा जोड दिए । यसरी नै टप थापा मगर, इश्वर थापा मगर, बुद्ध थापा मगर, सन्तोष रञ्जन, सहबीर राना लगायतका वक्ताहरुले अब पार्टी कडा रुपमा प्रस्तुत हुँदै आन्दोलन गर्न बाहेक अर्को विकल्प नरहेको सुझाव दिए ।

कार्यक्रमका सभापति राज खम्बूले सरकारले संविधान संशोधन नगरे देश गृह युद्धमा फस्न सक्ने र युवाहरुलाई रोजगारको व्यवस्था गर्न नसके प्रवासमा रहेका ३५ लाख युवाहरु नेपालमा फर्केर सत्ताधारी विरुद्ध आन्दोलनमा उत्रन सक्ने बताए । कार्यक्रमको सञ्चालन भने मञ्चका सचिव लीला दुमी राईले गरेकी थिइन् ।