सकारात्मक बाटो र सफलता « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

सकारात्मक बाटो र सफलता


यलम्वर टाइम्स
२३ मंसिर २०७४, शनिबार ०२:३४

[होमनाथ भट्टराई]

तपाईको जीवनमा सकारात्मक सोचको महत्वपर्ण भूमिका छ । तपाईको सफलता, असफलतालाई तपाईकै सोचले निर्धारण गर्छ । मानौं तपाई जंगलको यात्रा गर्दै हुनुहुन्छ र अचानक तपाइको अगाडी बाघ निस्कीयो । तपाई के गर्नुहुन्छ ? तपाईसँग धेरै उपायहरु हुन सक्छन् । तपाई नजिकैको रुखमा चढ्न सक्नु हुन्छ वा कुनै लठ्ठी वा दाउरा प्रयोग गरी बाघलाई भगाउने प्रयास गर्न सक्नु हुन्छ । यी सबै उपायहरु तब सम्भव छ जब तपाई सकारात्मक बनी बाघको सामना गर्नु हुन्छ । तर तपाई नकारात्मक बन्नु भयो भने तपाईको मनमा डर मात्र उत्पन्न हुन्छ र अरु केही उपायहरु मनमा आउँदैनन् । यो त एउटा उदाहरण मात्र हो, तर्सथ जीवनका हरेक क्षणमा तपाईको जीवनलाई गति दिन सकारात्मक सोचको अह्म भूमिका रहन्छ ।

जब तपाई नकारात्मक सोचले भरिनुहन्छ तब तपाइको मनमा डर, रिस, इष्र्या, तनाव जस्ता नकारात्मक भावहरु उत्पन्न हुन्छन् यस्ता नकारात्मक भावहरुले तपाइको दिमागलाई अरु उपायहरु खोज्न रोक्छ । यहि उपायहरु दिमागले सिजर्ना गर्दा तपाई जीवनमा जति संकट पर्दा पनि बच्नु हुन्छ र बाच्ने क्षमता प्राप्त हुन्छ । तपाईमा संकट झेल्ने सामथ्र्य उत्पन्न हुन्छ । जब दिमाग नकारात्मक कुराहरुले भरिन्छ तब दिमागले पनि उपायहरुको खोजी गर्दैन फलस्वरुप जीवनमा संकट झेल्ने क्षमता घटछ । यस्तै कारणले वर्षेनी विश्वमा लार्खौ मानिसहरुले आत्महत्या गर्दछन् । तपाईले जीवनमा कस्ता कार्यहरु वा कुराहरुलाई प्राथमिकता दिनु हुन्छ यहिबाट तपाइको सोच निर्धारण हुन्छ । जो व्यक्ति जीवनमा नराम्रा कार्यहरु गर्छ ती व्यक्तिहरुको सोच नकारात्मक बन्दै जान्छ र फलस्वरुप ती व्यक्तिहरुमा नकारात्मक संवेगहरुको विकास हुँदै जान्छ । ती व्यक्तिहरुको जीवन झन नकारात्मक कार्यहरुले भरिन्छन् । सधै जीवनलाई खुसी र उमंगका साथ बिताउने व्यक्तिले जीवनमा राम्रा कार्यहरु गर्दछन् र फलस्वरुप जीवनमा सकारात्मक सोचको विकास हुन्छ । सकारात्मक सोचले जीवनमा सकारात्मक कार्यहरु गर्न प्रेरणा गर्छ । यही सोचका कारण सफलताका सिँढीहरु पनि ती व्यक्तिहरु चढ्दै जान्छन ।

बालबालिका र सकारात्मक सोच

जो बच्चा सानैदेखि खेलकुद गर्छ, साथीहरुसँग समुहमा मिलेर खेल्छ र रमाउछ त्यो बच्चामा पछि गएर सकारात्मक सोचको विकास हुन्छ । तर्सथ स–साना बालबालिकाहरुलाई सानैदेखि ज्ञानका कुराहरु एवम् असल मार्गबारे जानकारी दिनुपर्छ । बालबालिकाहरुमा डर एवम् रिस जस्ता भावहरु आउने वातावरण अभिभावकहरुले उत्पन्न गर्नु हुँदैन । सधै सकारात्मक सोचका साथ हौसला एवम् उत्प्रेरणा दिन सके भविष्यमा उ असल एवम् सफल बन्नेमा शंका हुँदैन ।

सकारात्मक सोचको विकास

सकारात्म सोचको विकास गर्ने उपायहरु धेरै छन् । त्यस मध्ये महत्वपूर्ण उपाय ध्यान हो । ध्यान भन्ने बित्तिकै कठिन कार्य दिमागमा आउन सक्छ तर हामीले सरल रुपमा पनि ध्यान गर्न सक्छौ । बिहान र बेलुका ध्यान गर्न उपयुक्त समय मानिन्छ । आनन्दसँग बस्नुहोस र आँखा बन्द गर्नुहोस् । मनमा आनन्दको भाव उत्पन्न गर्नुहोस् । लामो श्वास लिदै श्वास बाहिर फाल्नुहोस् । यो कार्य तपाईले ५ मिनेटदेखि सुरु गरी बढाउदै लान सक्नु हुन्छ । यसरी ध्यान गर्दा तपाईका शरीरमा भएका नकारात्मक उर्जा बाहिर जान सुरु हुन्छ र सकारात्मक उर्जा प्राप्त हुन्छ । दिमागको स्मरण शक्ति पनि बढदै जान्छ । यो कार्य गर्दा तपाईको सोच सकारात्मक हुन अति जरुरी छ ।

सकारात्मक सोचको विकास गर्ने अर्को उपाय हो दैनिक लेखन कार्य । यदी तपाइले दैनिक गरेका रामा कार्यहरु आफनो डायरीमा लेख्ने गर्नु भयो भने यसले तपाइको जीवनमा सकारात्मक सोचको विकास गर्न सहयोग गर्छ । यसले तपाइको मनमा सकारात्मक भावनाहरु उत्पन्न हुन्छन र परिणामस्वरुप तपाई सकारात्मक बन्नु हुनेछ । जो जीवनमा सकारात्मक छ उसले सफलता सधै प्राप्त गर्दछ ।