सबैको साथ पाए वीरता जेसीजलाई उत्कृष्ट बनाउने छुः अध्यक्ष गिरी « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

सबैको साथ पाए वीरता जेसीजलाई उत्कृष्ट बनाउने छुः अध्यक्ष गिरी


यलम्वर टाइम्स
१ फाल्गुन २०७४, मंगलवार ०५:५१

बिर्तामोड । सन् २०१८ का लागि वीरता जेसीजका अध्यक्ष एकराज गिरीले सोमबार पदभार ग्रहण गरेका छन् । बिर्तामोडमा भएको ३७औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहकाबीच अध्यक्ष गिरीले पदभार ग्रहण गरेका हुन् ।

सन् २०१७का अध्यक्ष सञ्जु भारतीको गलामा रहेको जेसीज चेन पूर्व अध्यक्षहरुले सन् २०१८का अध्यक्ष गिरीलाई पहि¥याएर पदभार हस्तान्तरण गरेका हुन् । त्यसक्रममा सन् २०१७का अध्यक्ष भारतीले सन् २०१८का अध्यक्ष गिरीलाई शपथ समेत गराएका थिए ।

सन् २००४बाट जेसीजमा प्रवेश गरेका अध्यक्ष गिरीले आफ्नो मन्तव्यको क्रममा जेसीजलाई व्यक्तित्व र नेतृत्व विकास गर्ने विद्यालयको रुपमा विकास गर्दै सदस्यहरुमा सामाजिक र मानवीय सेवाभाव जागृत गराउने बताए । उनले सबैको साथ पाए वीरता जेसीजलाई उत्कृष्ट बनाउने समेत प्रतिबद्धता जनाए ।

आकर्षक लाग्ने समारोहकाबीच बुद्धस्मृति एजुकेशन फाउण्डेशनका पञ्चकन्या र नौमती बाजासहित स्कटिङ गरेर अध्यक्ष गिरीसहित प्रथम महिला सुजाता आचार्य गिरीलाई मञ्चमा पु¥याइएको थियो ।

वीरता जेसीजका पूर्वअध्यक्ष प्रशान्त भण्डारीले अध्यक्ष गिरीसहित नयाँ कार्य समितिको नाम घोषणा गर्दै अग्रज पत्रकार लक्ष्मण ढकालले तयार पारेको अध्यक्ष गिरीको व्यक्तित्वको परिचय प्रस्तुत गरेका थिए ।

समारोहका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, भद्रपुर जेसीजका अध्यक्ष प्रकाश भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

समारोहमा दमयन्ता रिमाल उत्कृष्ट जेसीज पुरस्कार नगदसहित सन् २०१७का महासचिव जीवनकुमार खड्कालाई पुरस्कार संस्थापक परिवारको तर्फबाट यादव रिमालले प्रदान गरेका थिए ।

सन् २०१७का अध्यक्ष भारतीले आफ्नो कार्यकालमा सहयोग पु¥याउने कार्य समिति, संयोजकहरु तथा संघ–संस्थाका प्रतिनिधिलाई मायाको चिनो प्रदान गरेका थिए ।

सन् २०१८का अध्यक्ष गिरीले विभिन्न पदमा मनोनित गरी कार्य समितिलाई पूर्णता दिँदै पद तथा गोपनीयताको शपथ गराएका छन् । कार्यसमितिको कानूनी सल्लाहकारमा दिवाकरलाल चौधरी, महासचिवमा बिनोद पाण्डे कमल, कोषाध्यक्षमा जीवनकुमार खड्का, प्रकरण निर्देशकमा विशाल थापा, सह–कोषाध्यक्षमा घनश्याम चौधरीलाई मनोनित गरेका छन् ।

त्यस्तै अन्तरशाखा संयोजक प्रवीण खड्का, अवार्ड संयोजक प्रकाश सुवेदी, शिक्षा संयोजक राजीव धिमाल, मातृशाखा संयोजक दिवाकर प्रसाईं, शाखा सम्पादक तुलसीप्रसाद निरौला, रक्तदान संयोजक ओमप्रकाश लुइँटेल, प्रविधि संयोजक सुमन ढकाल, सञ्चार संयोजक सन्तोष अधिकारी, कार्यक्रम व्यवस्थापन संयोजक यम बिमली रहेका छन् ।

त्यस्तै सम्बन्ध विकास संयोजक किरण थापा, वातावरण संयोजक वीरबहादुर दर्नाल, स्वागत संयोजक रमेश चौधरी, जनचेतना संयोजक दीपक साफी, स्वयम्सेवक संयोजक दीपेन चौधरी, अतिरिक्त क्रियाकलाप संयोजक राजु सापकोटा, विपद् जनचेतना संयोजक नवराज भारती, अर्थ संयोजक धनलाल राजवंशी, दुर्घटना न्यूनीकरण संयोजक कमल श्रेष्ठ, नेपाल जेसीज संयोजक राकेश साह, सांस्कृतिक कार्यक्रम संयोजक सुनील थापा, संघ–संस्था समन्वय संयोजक सन्तोष उप्रेती रहेका छन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय संयोजक किशोर बस्नेत, खेलकुद संयोजक योगेश गिरी, कोषबृद्धि संयोजक सुमन पौडेल, स्वास्थ्य संयोजक नवीन सिटौला, युवा संयोजक टहलदास ओली, ज्येष्ठ नागरिक सेवा समन्वय संयोजक रोनित राजवंशी, बालबालिका तथा महिला संयोजक पुकार बराल, साहित्य संयोजक आशिमज्वयल श्रेष्ठ रहेका छन् ।

यसअघि निर्वाचन प्रक्रियाबाट कार्यकारी उपाध्यक्षमा मिजास पोखरेल र मिकी कार्की, संयुक्त सचिवमा प्रवेश बस्नेत, उपाध्यक्षहरुमा सञ्जीव घिमिरे, युवराज कुँवर, पवन न्यौपाने र अशोक चौधरी, जनसम्पर्क अधिकारीमा कुशल खतिवडा र तालिम संयोजकमा विकास बस्नेत सर्वसम्मत चयन भइसकेका छन् ।

कार्यक्रममा सोहिल पाण्डेले गीत प्रस्तुत गरेका थिए भने ग्ल्यामरस नेपालको आयोजनामा फेशन शो कार्यक्रम भएको थियो । कोरियाग्राफर लक्ष्मण ज्वयल श्रेष्ठको कोरियोग्राफीमा मोडलहरुले फेशन शो प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक प्रकाश सुवेदीले स्वागत गरेको कार्यक्रममा कानूनी सल्लाहकार मिजास पोखरेलले आस्था वाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन सन् २०१७का महासचिव खड्का र २०१८का महासचिव पाण्डेले संयुक्त रुपमा गरेका थिए ।