प्रदेश नं. १ खेलकुद हब बन्नेः मुख्यमन्त्री राई « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

प्रदेश नं. १ खेलकुद हब बन्नेः मुख्यमन्त्री राई


यलम्वर टाइम्स
१ बैशाख २०७५, शनिबार ०२:०२

अर्जुनधारा । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश १ खेलकुद हबको रुपमा विकास गर्ने बताएका छन् ।

अर्जुनधारा–९ मा आयोजित प्रदेशस्तरीय प्रथम खरबन्दी महिला तथा पुरुष कराते प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राईले त्यस्तो बताएका हुन् । उनले केन्द्र सरकारले खेलकुद र खेलाडीलाई नहेरेको अवस्थामा प्रदेशले बजेट विनियोजन गर्न लागेको जानकारी दिए ।

आपूm पनि किशोरावस्थामा खेलाडी भएकाले खेलाडीको मर्म बुभ्mने बताउँदै उनले खेलकुद र खेलाडीको विकासका निम्ति कुनै पनि सम्झौता गर्न नसक्ने दाबी गरे ।

उनले भने, ‘अब हाम्रो प्रदेशलाई खेलकुदको विकाससँगै खेलाडी उत्पादन गर्ने प्रदेशको रुपमा विकास गरिनेछ ।’ उनले स्थानीय तहलाई पनि खेलकुदको विकासमा लाग्न निर्देशन पनि दिए ।

झापा जिल्ला कराते संघका सचिव तथा अन्तर्राष्ट्रिय रेफ्री कुमार उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले आप्mना मन्तव्य राखेका थिए भने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले स्वागत गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल पाउने पुराना खेलाडी सीता राई, मीना पाठक, दुर्गाराज निरौला, कालु मेचे र मदन उप्रेतीलाई मुख्यमन्त्री शेरधन राईले सम्मान गरेका थिए । सम्मानित व्यक्तित्व झापाका बरिष्ठ प्रशिक्षकका रुपमा रहेका छन् ।

पहिलोपटक डिजिटल स्कोर बोर्डबाट आयोजना गरिएको प्रतियोगितामा प्रदेश नम्बर १ का १४ जिल्ला र आयोजक गरी १५ टिम सहभागी रहेको आयोजकका संयोजक सुरेन राईले बताए ।

आठ लाख १५ हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा २५० जना खेलाडी तथा अफिसियल सहभागी रहेका छन् । प्रतियोगिता शुक्रबारसम्म सञ्चालन भएको थियो ।

खोटाङ बन्यो च्याम्पियन

प्रथम प्रदेश नम्बर १ स्तरीय खरबन्दी महिला तथा पुरुष कराते प्रतियोगितामा खोटाङ डोजो च्याम्पियन बनेको छ ।

खरबन्दी खेलमैदानमा शुक्रबार सम्पन्न खेलबाट खोटाङ ३ स्वर्ण, २ रजत र ५ कास्यसहित जिल्ला च्याम्पियन बनेको हो । प्रतियोगितामा मोरङले २ स्वर्ण, ३ रजत र ५ कास्य हात पार्दै दोस्रो बन्यो । उनीहरुले क्रमशः नगद २० हजार र १० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पाए ।

त्यस्तै, सुनसरी जिल्लाले २ स्वर्ण, २ रजत र २ कास्य जित्दै नगद ५ हजार पाउन सफल भयो । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाकी सांसद पवित्रा खरेल, प्रदेश सांसद बृख प्रधान, आयोजक खरबन्दी डोजोका संयोजक सुरेन राई, बरिष्ठ कराते प्रशिक्षक मदन उप्रेती, प्रशिक्षक कुमार उप्रेती, दुर्गाराज निरौला लगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा इलामले २ स्वर्ण, १ रजत र ५ कास्य, झापाले २ स्वर्ण, १ रजत र ३ कास्य जित्यो भने आयोजक खरबन्दी डोजोले १ स्वर्ण, १ रजत र १ कास्य प्राप्त ग¥यो ।

प्रतियोगितामा १४ जिल्लाका २५० जना अफिसियल तथा खेलाडीको सहभागिता रहेको झापा जिल्ला कराते संघका सचिव कुमार उप्रेतीले बताए । प्रदेश च्याम्पियन भएपछि खोटाङका टिम म्यानेजर मिलन कसजुले डिजिटल स्कोर बोर्डबाट सञ्चालन गरिएको प्रतियोगिता काठमाडौँ बाहिर पहिलोपटक भएको दाबी गरे ।

उनले रिभ्यू र प्रोटेक्स्टका आधारमा खेल सञ्चालन गरी विवादरहित बनाएकोमा प्रसंसा गर्दै अझ धेरै क्यामेरा प्रयोग गर्न सुझाव दिएका छन् ।