जडिबुटी र यसको बहुआयमिक महत्व « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

जडिबुटी र यसको बहुआयमिक महत्व


यलम्वर टाइम्स
२० श्रावण २०७५, आईतवार ०८:४१

रसायनिक औषधिका कुप्रभावका कारण आतिएका र निराश भएका विश्वका विकसित मानिएका पश्चिमी देशका मानिसहरु जडिबुटीहरुको प्रयोग गरी रसायनीका चिकित्सा पद्दतीमा असाध्य (निको नहुने) मानिएका विभिन्न रोगहरुबाट मुक्ति पाई जीवनदान पाएका कारण आज आएर प्राचिन पूर्वीय संस्कृतिको धरोहरको रुपमा रहेका आयुर्वेद चिकित्सातर्फ आर्कषित भइ रहेका छन् । यो प्रकृया दिनप्रतिदिन बढ्दै गइरहेको छ । जसले गर्दा आज आएर आयुर्वेद चिकित्सा पद्धति निर्विवाद रुपमा सर्वोकृष्टा चिकित्सा बन्न पुगेको छ ।

नेपालका तराईदेखि हिमालसम्मका वनजंगल तथा पाखा पखेरा विभिन्न किसिमका अतिगुणकारी भण्डारका रुपमा रहेका छन् । यस्तो गुणकारी जडिबुटीको सहि पहिचान र उपयोग हुन सकेको खण्डमा राज्यले स्वास्थ्य क्षेत्रमा अरु देशको मुख ताक्नु नपर्ने मात्र नभइ राष्ट्रले जडिबुटी तथा तयारी औषधिको निर्यातबाट मुद्रा आर्जन गर्न सक्छ । जसले राष्ट्रलाई आर्थिक योगदान पुर्याउन सक्छ । अर्जुनधाराको परिपेक्षमा जडिबुटीको महङ्खवलाई निम्न लिखिति बुँदाहरुमा सुचिकृत गर्न सकिन्छ ।

स्वास्थ्य क्षेत्रमा महत्व

नगरपालिकाले उपयुक्त निति निर्माण तथा कार्यान्वयन गरी दक्ष जनशक्तिबाट गर्ने र जनचेतना अभिबृद्धि गराउन सकेको खण्डमा आफ्नै घर वरिपरीका जडिबुटीको प्रयोगबाट जनतालाई स्वास्थ्य सेवा सस्तो र सुलभ रुपमा उपलब्ध गराउन सकिन्छ । यसले राज्यलाई स्वास्थ्य क्षेत्रमा पर्ने आर्थिक भार स्वतः कम हुनेछ ।

पर्यावरणीय महत्व

पर्यावरणीय असन्तुलनबाट भुक्षय र वातावरण प्रदुषण (वायुप्रदूषण) हुन्छ । अर्जुनधारा नगरपालिकाको परिपेक्षमा यहाँका अधिकांश खाली जमीन वर्षेनी माटो, बालुवा बगेर गई कति स्थानहरु बाढीको चपेटामा परिरहेका छन् भने माथिल्लो सतहको मलिलो माटो खेर गइ माटोको उर्वरा शक्ति हराउँदै जाँदा अरु स्थान क्रमशः नाङ्गा भइ मरुभुमि नबन्ला भन्न सकिन्न ।

यदि त्यस्ता खाली जमिनमा जडिबुटि रोप्न सकेको खण्डमा माटोको उर्वरा शक्ति कायम रहनुका साथै हरिया बनस्पतिले अत्याधिक मात्रामा अक्सिजन उत्सर्जन गर्ने र तिनमा भएको विशिष्ट प्रभावले वातावरणमा भएका किटाणुलाई पनि मार्ने भएकोले वातावरणलाई पनि प्रदूषित हुन बचाई पर्यावरणीय सन्तुलन राख्न ठूलो योगदान पुग्न जान्छ । जसले नयाँ पुस्तालाई स्वच्छ र सन्तुलित पृथ्वी हस्तान्तरण हुनेछ ।

आर्थिक महत्व

आजको युग भनेको आर्थिक युग हो यस युग मा अर्थ बिना र त्यस राष्ट्रका जनताको दीर्घकालीन आयस्रोत हुन नितान्त आवश्यक छ । यस नगरको परिपेक्षमा विकास कार्य सञ्चालन गर्न यथेष्ठ दीर्घकालीन राजश्व (आय) को स्रोत छ न जनतासँग नै छ । जसले गर्दा यो नगर अविकसित गरिब बन्न पुगेको छ । प्रकृतिक सम्पदाले धनी भएर पनि यहाँका योजनाकारहरुको गरिब मानसिकताले गर्दा गरिब नभई अव्यवस्थित बन्न पुगेको छ । यहाँका विभिन्न प्रकृतिक स्रोत मध्ये जडिबुटीको पनि महङ्खव छ ।

जसको व्यवस्थित उपयोगको सोच स्थानीय तहले बनाएको खण्डमा नगर र जनता दुवैलाई आर्थिक रुपमा समुन्नत बनाइदिन सक्छ । अति महङ्खवपूर्ण जडिबुटीहरु वर्षेनी हजारौं टनको परिणाममा या त कुहिएर सडेर गएका छन् या सस्तो दाममा सयौं जडिबुटीहरु अवैध रुपमा चोरी निकासी भएका छन् ।

जसले गर्दा न त जनताले आर्थिक फाइदा लिन सकेका छन्, न त नगरले नै तर व्यवस्थित ढंगले यहाँका सामुदायिक वनहरुमा यस्ता जडिबुटी संकलन प्रशोधन गरी यीबाट विभिन्न औषधी निर्माण गरी निर्यात गर्न सकेको खण्डमा राजश्वमा बृद्धि मात्र नभइ वर्षेनी बाहिरी देशबाट औषधी आयत गर्दा विदेशीने मुद्रालाई रोक्न सकिन्छ ।

साथै जडिबुटीको संकलन, प्रशोधन गर्ने काममा ठूलो संख्यामा रोजगारीका अवसरहरु प्राप्त हुने हुदाँ स्थानीय तहमा हाल विकराल समस्याको रुपमा देखिएको वेरोजगारीको समस्या कम गरी यसको कारणले उत्पादन सामाजिक र राष्ट्रिय समस्याको दीर्घकालीन समाधान गर्न सकिन्छ ।

पर्यटकीय महत्व

अर्जुनधारा नगरपालिका भौगोलिक तथा जैविका विविधताले भरिएको मनोरम नगर हो । जसले गर्दा हजारौं पर्यटकहरु दृष्य अवलोकन गर्न आउँछन । यदि नगरका खाली तथा नाङ्गा स्थानहरुमा विश्वबाट लोप हुन लागेका र खेती योग्य जडिबुटी तथा स्थानीय जडिबुटी रोपी हरियाली बढाउन सकेको खण्डमा ठूलो मात्रामा विदेशी मुद्रा मात्र हात पार्ने नभइ नगर र नगरबासी दुवैको जीवनस्तरमा पनि अझै बृद्धि हुने निश्चित प्रायः छ ।

अन्त्यमा यस्तो बहुउपयोगी जडिबुटीहरुको महङ्खवलाई ध्यानमा राखी सबैले आफ्नो संस्कृती र परम्परालाई कायम राख्दै आफ्नै घर वरीपरी खेर गइरहेका बहुमुल्य जडिबुटिहरुको संरक्षण, संवद्र्धन र उचित प्रगोय गरी गराइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नगर विकासमा सहभागी बनी गौरवान्वित हुनु आजको आवश्यकता छ ।

(कविराज पराजुली शनिश्चरे आयुर्वेद औषधालय, अर्जुधारा नगरपालिका आयुर्वेद शाखाका प्रमुख हुन् ।)