उमेश भए मिस्टर एभरेष्ट « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

उमेश भए मिस्टर एभरेष्ट


यलम्वर टाइम्स
३ भाद्र २०७५, आईतवार ११:४०

काठमाण्डौ । राष्ट्रिव्यापी रुपमा सम्पन्न भएको मिस्टर एभरेष्ट प्रतियोगितामा ग्यलोक्सी फिटनेश झापाका उमेश राई (जीवन) ले उपाधि हात पार्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय शारीरिक सुसंगठनद्वारा भदौ १ र २ गते काठमाण्डौको कभड हलमा सम्पन्न प्रतियोगितामा ७५ प्लसबाट अन्य सहभागिलाई पछि पार्दै ग्यालेक्सीका उमेशले उपाधि हात पारेका हुन् ।

राईलाई प्रमुख अतिथि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुरस्कार स्वरुप रु. ३ लाख सहित मेडल, ट्रफी हात पारेका थिए ।

यसरी नै ७५ प्लसमै ग्यालेक्सीका ललित धिमालले पनि सिल्भर मेडल हात पार्न सफल भएका छन् । ग्यालेक्सीकै अर्का खेलाडी प्रकाशचन्द्र चौधरीले पनि सहभागि भई मेन फिजीशियन उपाधि हात पारेको ग्यालेक्सीका प्रशिक्षक तथा टिम म्यानेजर चन्द्र राना ‘लाफा’ले बताए ।