दाताले बनाइदिए वाह्रदशीमा रेडक्रस भवन « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

दाताले बनाइदिए वाह्रदशीमा रेडक्रस भवन


यलम्वर टाइम्स
१० भाद्र २०७५, आईतवार ०७:३२

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी उपशाखा बाह्रदशीको भवन उद्घाटन गरिएको छ ।

समाजसेवी स्वर्गीय सूर्यप्रसादको स्मृतिमा उनका छोराद्वय शान्तिप्रसाद र देवीप्रसाद गणेशले २० लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको सूर्यप्रसाद गणेश स्मृति भवनको उद्घाटन नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए ।

आठ वर्ष अघि स्वर्गीय गणेशले प्रदान गरेको १५ धुर जग्गामा रेडक्रसको भवन निर्माण गरिएको छ । भवन निर्माणका लागि नेपाल रेडक्रस सोसाइटीसँग आर्थिक समस्या भएपछि दाता परिवारले नै भवन निर्माण गरिदिएको उपशाखा वाह्रदशीका सभापति दयानन्द गोस्वामीले बताए ।

भवन उद्घाटन समारोहमा बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले प्रजातन्त्रका सेनानी स्व. सूर्यप्रसाद गणेशको चीरकालसम्म स्मरण रहने गरी उनका छोराले भवन निर्माण गरिदिनु आफैमा राम्रो काम भएको बताए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले मानवीय क्षेत्रमा रेडक्रसले पु¥याएको योगदान अतुलनीय रहेको र जग्गासहित रेडक्रसका लागि भवन निर्माण गरिदिनु बाह्रदशी गाउँपालिकाकै गौरवको विषय रहेको बताइन् ।

उनले दाता परिवारलाई धन्यवाद समेत दिइन् । जहाँ विपद् त्यहाँ रेडक्रस जात, धर्म, लिङ्ग र राजनीतिभन्दा माथि उठेर महायुद्धमा समेत छिरेको रेडक्रसले विपदको क्षेत्रमा उल्लेख्य काम गरेको बताउँदै पूर्व सांसद हरि राजवंशीले भने– बाह्रदशीमा रेडक्रस भवन निर्माण गरिदिनु सबैका लागि प्रेरणादायी छ ।

भवन उद्घाटन समारोहमा शान्ति समिति झापाका पूर्व संयोजक सूर्यनारायण गणेशले स्व. सूर्यप्रसाद गणेश चकचकीको मात्रै नभई सिंगो झापाबासीको गहना भएको बताए । उनले प्रजातन्त्र प्राप्तीका लागि पु¥याएको योगदान र सामाजिक क्षेत्रमा गरेको कार्यको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका रेडक्रस झापाका सभापति ढकालले २६ वटा रेडक्रसका शाखामध्ये अब तीनवटा शाखाको मात्रै भवन नभएको र उनीहरुको पनि भवन निर्माणको चरणमा रहेको बताए ।

रेडक्रस आफैमा सम्पन्न संस्था होइन, दाताकै सहयोगमा चलेको संस्था हो । –सभापति ढकालले भने– यसले मानवीय क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिरहन जरुरत छैन । अहिले पनि झापामा दिनहुँ एकसय पोका रगत खपत भइरहेको र उक्त रगत दाताकै सहयोगमा प्राप्त हुने गरेको उनले बताए ।

९१ ज्ना मृगौला रोगीले नियमित डायलोसिस गराउँछन् । क्यान्सर र एनिमियाका विरामी पनि उति नै छन् । केही व्यक्तिलाई त दुईदेखि तीन पोका रगत आवश्यक पर्छ । त्यो समेत रेडक्रसले धानी रहेको छ सभापति ढकालले भने– झापामा कहिलेकाही कुनै–कुनै ब्लड गु्रप अभाव भए पनि नियमित दाताको सम्पर्कमा रहेर रगत अभाव हुन नदिन हाम्रो प्रत्यन जारी छ । झापाको ब्लड काठमाडौं र भारतको विभिन्न स्थानमा समेत पुग्ने गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा वाह्रदशीका सभापति दयानन्द गोस्वामीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाह्रदशीका उपसभापति गंगाप्रसाद सुडीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन ओमप्रकाश गौतमले गरेका थिए ।

यसैबीच दाता परिवारलाई सम्मान गरिएको छ । जग्गासहित भवन निर्माण गरेर नेपाल रेडक्रस सोसाइटका लागि अतुलनीय योगदान पु¥याएको भन्दै दाता परिवारका तर्फबाट शान्तिप्रसाद गणेश र देवीप्रसाद गणेशलाई सम्मान गरिएको थियो ।

त्यस्तै वडा न. ४ का अध्यक्ष समिम मिया, वडा सदस्य सामप्रसाद ताजपुरिया, साविर महम्मद, जानुका खड्का कौसिल्या शर्मालाई सम्मान गरिएको थियो ।

त्यस्तै पूर्व सभापति निलमचन्द्र दाहाल, रामप्रसाद दुलाल, टुंमलाल राजवंशी, नवराज पोखरेल र पूर्व राजगढ गाविस सचिव तेजप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो ।