इराकमा अस्पतालको प्रसूति वार्डमा आगलागी, बाह्र नवजात शिशुको मृत्यु (तस्विरहरु हेर्नुहोस्) « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

इराकमा अस्पतालको प्रसूति वार्डमा आगलागी, बाह्र नवजात शिशुको मृत्यु (तस्विरहरु हेर्नुहोस्)


यलम्वर टाइम्स
२७ श्रावण २०७३, बिहीबार ०२:४२

iraq1

बग्दाद (इराक) / बग्दादस्थित एक अस्पतालको प्रसूति गृहमा हुँदा १२ शिशुको मृत्यु भएको इराकी अधिकारीले बुधबार जनाएका छन् ।

अस्पतालमा मङ्गलबार राति अबेर सुरु भएको आगलागी विद्युतीय तारको जडानमा भएको लापरबाहीका कारण हुन पुगेको बताइएको छ ।

अस्पतालका निर्देशक साह हतेमले आगलागीको कारण प्रारम्भिक अनुसन्धानबाट विद्युतीय तारबाट सुरु भएको बुझिएको र थप अनुसन्धान भइरहेको बताए ।

राति अस्पतालमा रहेका नवजात शिशुको मृत्युपछि बुधबार बिहान यारमौक अस्पताल परिसरमा जम्मा भई आफन्तजनले घटना लापरवाहीका कारण भएको भन्दै दोषीमाथी कडा कानुनी कारबाही र पिडित अभिभावकलाई राहतको व्यवस्था गर्ने माग गरेका छन् ।

अस्पतालले दाबी गरेभन्दा बढी शिशु आगलागीपछि हराइरहेको बताउँदै बेपत्ता शिशुका आफन्तजनले उनीहरुको सम्बन्धमा प्रशासनको जवाफ माग गरेका बताइएको छ । रासस–एपी

iraq1

iraq2

iraq3

iraq4

iraq9

– See more at: http://blastkhabar.com/news/2016/08/10/9837.html