सालबारीमा आँखा अस्पताल बनाउने सहमति « Yalambar Times
३० चैत्र २०८०, शुक्रबार

सालबारीमा आँखा अस्पताल बनाउने सहमति


यलम्वर टाइम्स
२० भाद्र २०७५, बुधबार ०८:०३

अर्जुनधारा । अर्जुनधारा–११ सालबारी स्थित नेत्रज्योति संघ हंशनारायण राजवंशी (चौधरी आँखा अस्पताल केन्द्रका लागि आँखा अस्पताल भवन निर्माण गरी सञ्चालन गर्न सम्झौता भएको छ ।

बिहीबार संघका पदाधिकारी र विराटनगर आँखा अस्पतालका प्रमुख पद्मनारायण चौधरीबीच उक्त सम्झौता भएको संघका सचिव लवकुश गौतमले जानकारी दिए ।

२०५२ सालबाट नेत्रज्योति संघ हंशनारायण राजवंशी आँखा अस्पताल केन्द्र सञ्चालानार्थको लागि हंशनारायण परिवारबाट ४ विगाह १३ कठ्ठा ५ धुर जग्गा हस्तान्तरण गरेका थिए ।

प्रक्रियागत अगाडि बढाउँदा केही ढिलो भएतापनि ०७३ असारदेखि सालबारीमा आँखा र कानको सेवा प्रदान गर्दै आएको उपाध्यक्ष खगेन्द्र इङ्नामले जानकारी दिए ।

सेवाको भावनाबाट अगाडि बढेको आँखा तथा कानको उपचार राम्रै हुन थालेपछि विरामीको चापलाई सम्मान गर्न अस्पताल आवश्यक भएको हुँदा आउँने मंसीरबाट भवनको थालनी गरिने सम्झौता भएको समितिले जनाएको छ ।

सालबारीमा सञ्चालन हुँदै आएको अस्पतालमा इलाम, झापा र पूर्व भारतका बिरामीहरुको चाप बढ्दो छ । ओपीडी सेवा ५० मात्र लिने गरेकोले होला इलाम र झापाका विभिन्न क्षेत्रबाट अस्पतालमा उपचार गर्न आउनेहरु बढेको कार्यरत् डा. मनोज उपाध्ययले जानकारी दिए ।

डा. उपाध्ययका अनुसार साउन महिनामा मात्र सेवा लिनेहरुको संख्या ५३५ कटेको र उपचार गरी चस्मा लगाउनु परे सस्तो र सुलभ भएको हुनाले पनि विमारीहरु सालबारी आउने गरेका छन् ।

को–को छन् त समितिमा ?

नेत्रज्योति संघ हंशनारायण राजवंशी आँखा अस्पतालमा ९ जनाको कार्यसमिति रहेको छ ।

समितिको अध्यक्षमा मेमलाल राजवंशी, उपाध्यक्ष खगेन्द्र इङ्नाम, सचिव लवकुश गौतम, सहसचिव डा. मनोज उपाध्यय र सदस्यहरुमा लोकराज ढकाल, बलिराज इङ्नाम, सूर्य गिरी, काजु राजवंशी, इन्द्र फुयाँल रहेका छन् ।