भाङबारीमा तीज मिलन कार्यक्रम « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

भाङबारीमा तीज मिलन कार्यक्रम


यलम्वर टाइम्स
२० भाद्र २०७५, बुधबार ०९:१७

[इन्द्रकुमार राई]

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–४ माथ्लो भाङबारी स्थित स्वास्थ्य आमा समूह र गाउँघर क्लिनिक परिवारले महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा रमाइलो तीज मिलन कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।

‘मदिरा रहित समाज हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आमा समूह र गाउँघर क्लिनिकको संयुक्त आयोजना तथा दोभान यूवा क्लब र समाज सेवा हरि किर्तन मण्डलीको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

आमा समूहकी अध्यक्ष गीता खनालको सभापतित्व तथा अर्जुनधारा नगरपालिका–४ का नगर परिषद सदस्य राधिका जवेगुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जवेगु, समाजसेवा हरिकिर्तन मण्डलीका ईश्वरा खतिवडा, सञ्चारकर्मी गणेश थापा लगायतले मन्तव्य राखेका थिए ।

हुमा पोखरेलले सञ्चालन गरेको कार्यक्रममा माया शिवाकोटीले स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

यसै बीच स्थानीय महिलाहरुले तीज सम्बन्धि गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।