उपराष्ट्रपति पुन चीन जाने « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

उपराष्ट्रपति पुन चीन जाने


यलम्वर टाइम्स
३१ भाद्र २०७५, आईतवार ११:३९

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

उनी ६ दिने भ्रमणका लागि असोज ३ गते चीन प्रस्थान गर्नेछन् । उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि यो उनको पहिलो वैदेशिक भ्रमण हो ।

सिचुवान प्रान्तको राजधानी छन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन उपराष्ट्रपति चीन जान लागेका हुन् ।

उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।

‘चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास’ भन्ने मुख्य थिमका साथ आयोजना भएको मेला असोज ८ गतेसम्म आयोजना हुनेछ ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा १५ जना हुने छन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवालय र सुरक्षा अधिकारी लगायत रहनेछन् ।