चर्चामा कम आएको मेची नेत्रालय: किराँत गुरु आत्मनन्द « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

चर्चामा कम आएको मेची नेत्रालय: किराँत गुरु आत्मनन्द


यलम्वर टाइम्स
६ आश्विन २०७५, शनिबार ०५:०७

काँकरभिट्टा । किराँत धर्म गुरु आत्मानन्द ज्यूले आँखा अस्पतालका लागि भव्य सुविधा सम्पन्न अस्पताल भएर पनि चर्चामा कम आएको बताउनुभएको छ ।

झापाको काँकरभिट्टा मेचीनेत्रालयमा रेटिना रोग सम्बन्धि आँखा उपचारका लागि पुग्नुभएका गुरुले उक्त कुरा उपचारपछि फर्किने क्रममा यलम्वर टाइम्सलाई बताउनुभएको हो ।

अस्पताल प्राविधिकयुक्त छ । सबै सेवा एकै ठाउँमा रहेको पाइयो । असक्तहरुका लागि लिफ्ट र बिरामी रुङ्ने कुरुवाहरुका लागि सुत्ने स्थान र छिटो छरितो सेवा भएको कारण यस्तो अस्पताललाई प्रचारमा ल्याउन सके उपचारका लागि जनता अन्य टाढा ठाउँ जान र दुःख पाउने थिएनन् होला ।

आफ्ना स्वयम्सेवकहरुसँग इलामको लारुम्बाबाट मे २ त ६४ नम्बर महेन्द्र जीपबाट काँकरभिट्टा आईपुग्नुभएका गुरु आत्मानन्दले उपचारमा आफू सन्तुष्टि भएको समेत प्रतिक्रिया दिए ।

गुरु आत्मानन्दलाई डा. शरदचन्द्र प्रकाश राई र प्रबन्धक निर्देशक पुनम प्रधानले विशेष निगरानीमा उपचार गरेका थिए ।

गुरुको स्वास्थ्य जाँच गर्दै डा. राईले परेजमा बसेर औषधी प्रयोग गरे आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए ।