असुरक्षित गर्भपतनको डरलाग्दो तथ्याङ्क « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

असुरक्षित गर्भपतनको डरलाग्दो तथ्याङ्क


यलम्वर टाइम्स
१७ आश्विन २०७५, बुधबार १०:५४

२०५९ असोज १० गतेबाट सुरक्षित गर्भपतनलाई कानूनी रुपमा मान्यता दिएपछि सालिने गर्भपतन गर्न जाँदा महिला तथा किशोरीको अकालमा मृत्यु हुने तथ्याङ्क पछिल्लो पटक प्रकाशित भएको छ । त्यस अघि गर्भपतन गर्ने र गराउनेलाई भ्रुण हत्याको अभियोगमा कानूनी कारवाही कडा रुपमा थियो । जब गर्भपतन गर्न पाउने मान्यता सरकारले प्रदान गर्यो, त्यसपछि केही स्वास्थ्य संघसंस्थाले गर्भपतन गराउँदै आएको छ । गर्भपतन आफैमा कष्टदायक हो । नचाहदा वा आवेशमा हुने यौन सम्पर्कले बसेको गर्भलाई पतन गराउँदा पछिल्लो पटक मृत्यु हुनेहरुको संख्या बढेको तथ्याङ्क राज्यले दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत वर्ष गर्भपतन गराउँदा ४७ हजार महिला तथा किशोरीको मृत्यु भएको उल्लेख छ । मन्त्रालयका अनुसार गत सालमा १ लाख ६८ हजार १४४ महिला तथा किशोरीले गर्भपतन गराएका थिए । ति मध्ये ५८ प्रतिशत असुरक्षित हुने गर्दछ । असुरक्षित गर्भपतनकै कारण ४७ हजार महिला तथा किशोरीले अकालमा ज्यान गुमाउनुपरेको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार ०५९ असोज १० गते कानूनी मान्यता पाए अनुसार सुरक्षित गर्भपतन सेवा र परिवार नियोजनको सेवा मौलिक अधिकार अन्तर्गत रहेको उल्लेख छ । हालै नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि ऐन समेत जारी गरेको छ ।

गर्भपतन गराउँदा मृत्यु हुने महिला तथा किशोरीमा अधिकांश ग्रामिण भेगका रहेको देखिन्छ । गर्भपतन सम्बन्धि ज्ञान र गर्भपतनपछि महिला तथा किशोरीले गर्ने कार्यको पूर्ण जानकारी नहुँदा त्यसको पीडाबाट मृत्यु हुने गरेको उल्लेख छ । मानिस सचेत प्राणी त हो, आवेश र नचाहदा नचाहदै हुने यौन सम्पर्कले मानिसलाई बदनाम गर्ने स्थानसम्म पुर्याउँछ । बदनामलाई अंकमाल गर्नुभन्दा सुरक्षित गर्भपतन गर्नु उपयुक्त ठानी अधिकांश किशोरीहरु गर्भपतनबाट थलिएका पनि छन् । त्यसलाई सचेतना र गर्भपतन पछाडि गरिने क्रियाकलापमा ध्यान पुर्याए या सन्देश दिए अकालमा महिला तथा किशोरीहरुको मृत्यु हुने थिएन । त्यसतर्फ स्वास्थ्य सम्बन्धि संघसंस्था जुट्न जरुरी छ ।