लालीगुराँसको १२ औं साधारणसभामा उत्कृष्ट कृषक सम्मानित « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

लालीगुराँसको १२ औं साधारणसभामा उत्कृष्ट कृषक सम्मानित


यलम्वर टाइम्स
१७ आश्विन २०७५, बुधबार ११:४०

अर्जुनधारा । कृषि क्षेत्रमा आफ्नो गतिविधि सक्रिय बनाउँदै आएको लालीगुराँस महिला कृषि सहकारी संस्थाले पशुपालक कृषकहरुलाई सम्मान गर्दै आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शनिश्चरे बजार स्थित सामुदायिक भवनमा आयोजित साधारण सभामा संस्था कृषिमा आधारित भएको भन्दै यस क्षेत्रका उत्कृष्ठ कृषकहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा उत्कृष्ठ गाईपालक कविता भट्टराई (वडा नं. ८), उत्कृष्ठ बाख्रापालक दुर्गा भट्टराई (वडा नं. ३) र उत्कृष्ठ अग्र्यानिक सब्जी खेति गर्ने सीता थापा (वडा नं. ३) रहेका छन् ।

सोही अवसरमा संस्थाले वार्षिक रुपमा नियमित कारोबार गर्ने ३ जना मासिक बचतकर्ता, ३ जना दैनिक बचतकर्ता, असल ऋणी, ज्येष्ठ सदस्य, सहयोग व्यक्तित्व र उत्कृष्ठ कर्मचारीलाई पनि सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा उत्कृष्ठ मासिक बचततर्फ शान्ता बुढाथोकी, बिनादेवी मुखिया, देवी धिमाल रहेका छन् । यसरी नै उत्कृष्ठ दैनिक बचततर्फ इन्दिरा भट्टराई, अप्सरा बेगम, चन्द्रकुमारी श्रेष्ठ र असल ऋणीमा चन्द्रकला सार्की रहेकी छिन् ।

यसरी नै ज्येष्ठ सदस्यतर्फ भगिरथा पौडेल, हिंगला पोखरेल, सहयोगी व्यक्तित्वतर्फ कमला पौडेल रहेकी छिन् भने उत्कृष्ठ कर्मचारीमा रिना तामाङ रहेकी छिन् । त्यस्तै एसईई परीक्षामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने आयुष्मा काफ्लेलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि तथा सामाजिक व्यक्तित्व माया कार्कीले अविर र दोसल्ला ओढाएर सम्मान गरेको संस्थाकी लेखा समिति सदस्य हरिमाया भण्डारी दाहालले बताइन् ।

उनका अनुसार एसईईमा उत्कृष्ट छात्रा आयुष्मालाई नगद रु. एक हजार २ सय प्रदान गर्दै सम्मान गरिएको थियो ।


कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मेनुका पौडेलले संस्थाको शेयर पुँजी ३९ लाख ७ हजार रुपैयाँ, कुल बचत १ करोड, ७ लाख, ९२ हजार ८८२ रुपैयाँ र २ करोड ४ लाख ६७ हजार ६५३ रुपैयाँ कुल लगानी रहेको बताइन् ।

अध्यक्ष पौडेलले आफूहरुको संस्था कृषि केन्द्रित भएको बताउँदै आफ्ना शेयर सदस्यहरुलाई सुपथ मुल्यमा घासको बिउ, मकैको बिउ लगायत वितरण गरेको बताइन् ।

उनले आफ्ना सदस्यहरुलाई पशुपालनमा पोख्त बनाउन बाख्रा व्यवस्थापन तालिम पनि प्रदान गरेका जानकारी दिइन् ।

कार्यक्रममा सहकारी संघ झापाका सदस्य तुलसा कुँवर, पशु सेवा शाखा अर्जुनधाराका प्रमुख पदमलाल राई, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, श्रद्धा कृषि सहकारी संस्थाका प्रेमसागर सापकोटा, नगर विकास समन्वय समिति संयोजक दिलीप गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजसेवी टंकबहादुर लिम्बू, ऋद्धिसिद्धी महिला कृषि सहकारीकी कुसुम राई, श्री गाउँ कृषि सहकारी संस्थाकी अस्मिता कन्दङ्वा, प्रज्जाला अपाङ्ग सहकारीका उपाध्यक्ष डिल्ली घोर्साइ, कालिका बहुउद्देश्यका कर्ण तामाङ लगायतको आतिथ्य रहेको थियो ।

संस्थाकी अध्यक्ष पौडेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चन्द्रकुमारी सुब्बाले गरेकी थिइन् भने सञ्चालन व्यवस्थापक पवित्रा श्रेष्ठले गरेकी थिइन् ।