दुवो रेष्टुरेन्ट पाहुनाहरुका लागि घर बनोस् : प्रमुख राना « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

दुवो रेष्टुरेन्ट पाहुनाहरुका लागि घर बनोस् : प्रमुख राना


यलम्वर टाइम्स
२४ आश्विन २०७५, बुधबार ०८:१७

अर्जुनधारा । घटस्थापनाको अवसर पारेर अर्जुनधाराका युवा व्यवसायीहरुले दुवो रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा ल्याएका छन् ।

उक्त रेष्टुरेन्ट बुधबार नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गर्दै यो रेष्टुरेन्ट व्यवसायीक भएतापनि अर्जुनधारामा छिर्ने पाहुनाहरुका लागि आफ्नै घरको अनुभूति गराउन सफल होस् भनी शुभकामना दिएका थिए ।

नगर समृद्ध हुनमा यस्ता रेष्टुरेन्टहरु बन्नु जरुरी छ अर्जुनधाराको साख र नाक राख्दै अबल्ल स्थानमा पुग्न दुवो रेष्टुरेन्टका सञ्चालकलाई अनुरोध गरेका थिए ।

रानाले अगाडि भने, ‘होटल सञ्चालन विधिमा रहेर अगाडि बढ्नुहोस् । नगरको साथ र सहयोग रहनेछ ।’

सञ्चालकद्वय शेखर कार्की र दिपक घिमिरेद्वारा सञ्चालनमा आएको उक्त होटल वातावरणमैत्री र पारिवारीक बन्ने छ ।

सञ्चालक कार्कीका अनुसार थकाली खाना रु. १२०, चिकेन खाना रु. १५० र मटन खाना रु. २५० रहने छ । त्यसको अलवा खाजा, नास्ताको राम्रो प्रबन्ध रहेको बताइएको छ ।