वीएण्डसीले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ११ हजारभन्दा बढी लाभान्वित « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

वीएण्डसीले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ११ हजारभन्दा बढी लाभान्वित


यलम्वर टाइम्स
२८ आश्विन २०७५, आईतवार १३:३१

बिर्तामोड । नेपालको सुदुर पूर्वमा रहेर स्वास्थ्य प्रतिष्ठानको रुपमा स्थापित हुँदै आएको झापाको बिर्तामोडस्थित विएण्डसी अस्पतालले गत असोज ७ देखि २६ गतेसम्म सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ११ हजार ३ सय ६२ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले ९ हजार ६ सय ६२ जनाले ल्याव सेवा र ५ सय ६२ जनाले शल्यक्रिया गरेर स्वास्थ्य सेवा लिएको जनाएका हुन् ।

अस्पतालले आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा कार्यकारी निर्देशक प्रसाईले अस्पतालले एक बर्षको अवधिमा ९ वटा छिनेका हात खुट्टा जोड्न सफल भएको बताए ।

कार्यक्रममा बोल्दै प्रसाईले आश्चर्यजनक र काठमाण्डौदेखि रेफर गरिएका बिरामीको समेत सफल उपचार गरेको भन्दै दक्षिण एसियामै सुविधासम्पन्न अस्पताल बन्नेतर्फ प्रयासरत रहेको बताए ।

अस्पतालले आगामी फागुन १८ गते दक्षिण एसियाकै नमुना क्यान्सर अस्पतालको समेत उद्घाटन गर्ने जनाएको छ ।

मेची अञ्चलभरीका जनतालाई लक्षित गरी खोलिएको अस्पतालले अहिले नेपाल र भारतका बिरामीको समेत उपचार गरेर विश्वास जित्न सफल भएको जनाएको छ ।

गरिब तथा बिपन्न परिवारका बिरामीहरुलाई निःशुल्क उपचार गराउँदै आएको अस्पतालले आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने घोषणा गरेको छ ।

कार्यक्रममा अस्पतलकका अध्यक्ष इन्दिरा गिरीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले गरेका थिए ।