स्थानीय तहमा देखिएका समस्या सम्बोधन भए मुलुक समृद्धिको बाटोमा जाने : मन्त्रि पण्डित « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

स्थानीय तहमा देखिएका समस्या सम्बोधन भए मुलुक समृद्धिको बाटोमा जाने : मन्त्रि पण्डित


यलम्वर टाइम्स
८ मंसिर २०७५, शनिबार ०६:०६

[राजन साम्पाङ]

अर्जुनधारा । स्थानीय तहमा देखिएका समस्यालाई स्थानीय तहबाटै सम्बोधन हुँदै गए मुलुक समृद्धिको बाटोमा जाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले बताए ।

शुक्राबार बिहान अर्जुनधारा प्रेस क्लबसँग भएको साक्षत्कार कार्यक्रममा मन्त्रि पण्डितले हाल देखिएका तीन तहका समस्याहरु विस्तारै समाधान हुँदै जानेछ । समाधानको बाटोमा तपाई हामी सचेत नागरिक सरकारलाई सहयोग गर्न जरुरी देखिन्छ । लोकतन्त्र गणतन्त्र आफैमा जनतासँगको प्रत्यक्ष सम्बन्ध रहेको शासन हो । लोकतान्त्रिक गणतन्त्रमा कुनै नेपालीले पीडा भोगेर बस्नुपर्ने अवस्था अन्त्य गर्न स्थानीय सरकार, प्रदेश सरकार हुँदै संघीय सरकार क्रियाशिल छ, मन्त्रि पण्डितले भने ।

मेरो घरको पुनम होटलमा आयोजित साक्षत्कार कार्यक्रममा मन्त्रि पण्डितले सरकारले संघीय निजामति ऐन ल्याउन आँटेको बताउँदै उक्त ऐन जारी भए तीनै तहमा देखिएका कर्मचारी समस्या समाधान भएर जाने जानकारी दिए ।

कर्मचारीहरुलाई सेवा सुविधाको विषयमा प्रदेश सरकारको आफ्नो राय भएको हुँदा निजामति सेवामा कार्यरतहरुको सेवा सुविधा फरक हुन सक्ने पनि जानकारी गराए । उनले अगाडि भने, –‘हिजोका गलत कुराहरुलाई सच्याउँदै अगाडि बढ्ने भएको हुँदा सचिने कुरामा प्रतिपक्षीले पनि साथ दिने बताए ।

मैथिलि समाजबाट सम्मान

नेपाल मैथिलि समाज अर्जुनधाराले मन्त्रि लालबाबु पण्डितलाई सम्मान गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

मैथिलि समाजका अध्यक्ष धनबीर यादवको अगुवाईमा गएको टोलीले मन्त्री पण्डितलाई कदरपत्रले विशिष्ट सम्मान गरेका थिए । सम्मानसँगै ज्ञापनपत्र पनि बुझाएका छन् ।

पत्रमार्फत जन्मसिद्ध नागरिकताका कारण आउने सन्ततिलाई वैदेशिक रोजगार तथा शिक्षा आर्जनको लागि कठिन उत्पन्न भएको हुँदा त्यसको विशेष व्यवस्था गर्न आग्रह गरेका छन् ।

मैथिलि समाजलाई पनि नगरको विशेष कार्यक्रममा प्रतिनिधित्व गराउनको लागि आग्रह गर्दै मैथिलि समाजका धर्म संस्कृति परम्परामा स्थानीय सरकारले चासो देखाउनु पर्ने उल्लेख छ ।

प्रतिनिधि मण्डलसँग मन्त्रि पण्डितले मैथिलि भाषामै करिब १ घण्टा छलफल र अन्तरक्रिया गरेका थिए ।

जलेश्वरधाममा मन्त्रि लालबाबु

अर्जुनधारा जलेश्वरधाममा दर्शन गर्न पुगेका मन्त्रि लालबाबु पण्डितलाई धाम समितिले गुरुकुल र मन्दिर स्तरोन्नतिको लागि स्मरणपत्र बुझाउँदै सहयोग गर्न आग्रह गरेका छन् ।

मन्दिर समितिका अध्यक्ष नविन गट्टानी, धामका अम्बिका खतिवडा लगायतले मन्दिरको विकासका लागि पटक–पटक माग गरिदा पनि बेवास्ता गरेको र गुरुकूलको स्तरोन्नतिका लागि शिक्षक दरबन्दिको माग गर्दा पनि चासो नदेखाएको भन्दै मन्त्रि पण्डित समक्ष सहयोगको आग्रह गरेका थिए ।

सोही बेला मन्त्रि पण्डितले बुझाएको ज्ञापन पत्रको फोटोकपी सहित मेरो मन्त्रालयमा हात लगाईदिनुहोस्, म त्यो काम गर्नेछु भनी प्रतिवद्धता जाहेर गरेका थिए ।

धाममा भएको अन्तरक्रियामा नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला आचार्य, नेकपा नेता कुन्दन भट्टराई, नगरका वडाध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।