जलेश्वरको १४ औं वार्षिक साधारणसभा सम्पन्न « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

जलेश्वरको १४ औं वार्षिक साधारणसभा सम्पन्न


यलम्वर टाइम्स
२४ मंसिर २०७५, सोमबार ११:००

अर्जुनधारा । सहकारीको माध्यमबाट मानिसहरुलाई व्यवसायीक, उद्यामी र चेतनशील बनाउँदै आएको जलेश्वर बहुउद्देश्य सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि तथा सहकारी संघ झापाका सचिव युवराज ढकालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रम उद्घाटनसँगै संस्थाका अध्यक्ष गोविन्द खतिवडाले सहकारी संस्था नाफा कमाउने उद्देश्यले अभिप्रेरित नभई आफ्ना सदस्यहरुको जीवनस्तर उकास्न अग्रसर रहेको बताए ।

अध्यक्ष खतिवडाले आफ्ना शेयर सदस्यहरुको आर्थिक समृद्धिका लागि कृषि र व्यापारिक क्षेत्रमा लगानी गर्दै आएको बताए ।

संस्थाले सामाजिक हितका लागि विभिन्न समयमा विभिन्न रचनात्मक र चेतनामूलक कार्यक्रम समेत गर्दै आएको उनको भनाई छ ।

उनले संस्थाको सामाजिक दायित्व अन्तर्गत स्थानीय युवाहरुलाई खेल क्षेत्रमा उत्साहीत गर्न आर्थिक लगायत अन्य क्षेत्रमा सहयोग गर्दै आएको र लागू औषध दुव्र्यवसनी न्यूनीकरणका लागि कार्यक्रमहरु समेत गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खतिवडाले चालु आर्थिक वर्षमा जम्मा आम्दानी ९७ लाख ४९ हजार २४८ रुपैयाँ ९९ पैसा रहेको र कुल खर्च ८७ लाख ८ हजार ९४१ रुपैयाँ २ पैसा रहेको बताए ।

संस्थाका शेयरधनीहरुको बृहत उपस्थितिमा भएको कार्यक्रममा उत्कृष्ठ बचतकर्ता, असल उद्यमी, ज्येष्ठ शेयर सदस्य, उत्कृष्ठ कर्मचारी र शेयर सदस्यका एसईई परीक्षामा उत्कृष्ठ हुने सन्तानलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा ज्येष्ठ शेयर सदस्य अन्तर्गत पवित्रा घिमिरे, सुरेन्द्र शर्मा रहेका छन् । यसरी नै उत्कृष्ठ बचतकर्ता विकास घिमिरे, दिनेशकुमार परदेशी, लीला सापकोटा, विष्णुमाया तामाङ, टंक क्षेत्री, उमा श्रेष्ठ, विनोद खाती रहेका छन् ।

असल उद्यमीमा पदमबहादुर लिम्बू, राधिका श्रेष्ठ, हिमा विष्ट, रामबहादुर बस्नेत, दुखु राजवंशी, कविता मैनाली, कुशल कर्मचारी सञ्जु निरौला र एसईईमा उत्कृष्ठ अंक ल्याउने दिपीका राउत रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि ढकालले सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष चतुर्भुज काफ्ले, त्रिनेत्र सहकारीका केशव खड्का, लालीगुराँस महिला कृषि सहकारीकी अध्यक्ष मेनुका पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ऋद्धिसिद्धी महिला कृषि सहकारी संस्थाकी अध्यक्ष कुसुम राई, सहनशील महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष ज्ञानकुमारी थापा, त्रिगाउँ जडिबुटी उत्पादन तथा प्रसोधन सहकारीकी अध्यक्ष अस्मिता कन्दङ्वा, सदस्य ताराप्रसाद उपाध्याय, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष डिल्ली घोर्साइ लगायतको आतिथ्य रहेको थियो ।

संस्थाका उपाध्यक्ष दिलीप गुरुङले सञ्चालन गरेको कार्यक्रममा लेखा प्रतिवेदन लेखा समिति सदस्य रमेश निरौला र आर्थिक प्रतिवेदन प्रबन्धक लोकबहादुर तामाङले वाचन गरेका थिए ।

कार्यक्रममा स्वागत लेखा समिति संयोजक कल्पना दाहालले गरेकी थिइन् ।