मेची नेत्रालयको निःशुल्क शिविर « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

मेची नेत्रालयको निःशुल्क शिविर


यलम्वर टाइम्स
२९ मंसिर २०७५, शनिबार ०९:४९

बुद्धशान्ति । सामाजिक क्षेत्रमा समेत आफ्नो नाम उच्च राख्न सफल मेची नेत्रालय काँकरभिट्टाले यो महिना बुद्धशान्ति गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बुद्धशान्ति गाउँपालिका र एनआईसी एसिया बैंकको सहकार्यमा उक्त शिविर सञ्चालन भएको हो । स्थानीय स्वास्थ्यकर्मी दिपक सापकोटाका अनुसार शिविरमा धेरै असाहय गरिब जनताले राहत महशुस गरेको बताएका छन् भने २ सय ४० जनाले आँखाको स्वास्थ्य जाँच लिएका थिए ।

उक्त शिविरबाट गम्भीर १६ आँखा बिरामीका लागि मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरिदिएको जनाइएको छ ।