साठीमुरे पर्यटकीय गन्तव्य बन्ने « Yalambar Times
४ बैशाख २०८१, मंगलवार

साठीमुरे पर्यटकीय गन्तव्य बन्ने


यलम्वर टाइम्स
१४ पुष २०७५, शनिबार ०६:१८

५० फिट अग्लो बुद्धको प्रतिमा बन्दै

अर्जुनधारा । अर्जुनधारा नगरको पर्यटकीय विकास र व्यापार प्रवद्र्धन गर्ने उदेश्यले अर्जुनधारा र माई नगरपालिका बीच दुई पक्षीय प्राविधिक अध्ययन र छलफल अगाडि बढाएको छ ।

अर्जुनधारा–२ र माई–५ सीमानामा पर्ने साठीमुरे क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न एकिृत कार्यक्रम सञ्चालनका लागि हो ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, माई नगरपालिकाका प्रमुख दिपक थेवे सहित प्रदेश सासद काजीमान कागतेँ बीच उक्त क्षेत्रको विकासको लागि संक्रियता पूर्वक लागेँसँगै काम अगाडि बढाइएको छ ।

उक्त स्थानमा दुई नगरपालिकाको साझेदारीमा ५० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गर्ने सहमति भएको छ । त्यस्तै मत्स्य अवतार, कूर्म अवतार, बराह अवतार, नरसिंह अवतार, वामन अवतार, परशुराम अवतार, श्रीराम अवतार, कृष्ण, बलराम, बुद्ध र कल्की अवतार समेतको प्रतिमा निर्माण गरिने बताइएको छ । त्यसमा भ्यु टावर रहने छ । साठीमुरेमा होमस्टे सञ्चालन, सहकाले झरनाको विकास सहित खानेपानीलाई व्यवस्थित सँगै रिचार्ज गरिने छ ।

साठीमुरे कल्भर्टमा साझेदारी गर्ने सहित महत्वपूर्ण स्थलहरुको अध्ययन गरी पर्यटनको विकास गर्ने विषयमा छलफल केन्द्रित भएको अर्जुनधारा–२ का वडाअध्यक्ष रघुनाथ खनालले जानकारी दिए । पर्यटन विकासमा दुई नगर र प्रदेश सरकारले समेत सहकार्य गर्ने गरी छलफल अगाडि बढेको उनले जानकारी दिए ।

साठीमुरे पुगेर इलाम क्षेत्र नम्वर १ प्रदेश सांसद कागतेले साठीमुरे भूगोल उपयुक्त भएको बताउँदै पर्यटकीय क्षेत्रको विकासका लागि योजना तय गरे पर्याप्त मात्रामा बजेट व्यवस्थापन गर्ने आफू प्रतिबद्ध रहेको बताए ।

दुई पक्षीय छलफलको क्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सन् २०२० मा नेपाल सरकारले गर्ने लागेको नेपाल वर्षमा लाखौं पर्यटक भित्र्याउने योजनालाई साकार बनाउन नगरले नयाँ गन्तव्य खोजी गरी पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको बताए ।

टाङटिङ नदी किनार हुँदै पदमार्ग सहकालेसम्मका लागि आफूले गृहकार्य गरिरहेको बताए । धार्मीक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले प्रचुर संम्भावनाले भरिपूर्ण नगर भएकाले आकर्षण केन्द्रको रुपमा विकास गर्ने अघि बढ्को रानाले बताए ।

माई नगरपालिकाका प्रमुख दिपक थेवेले भौतिक पूर्वाधार सहितको पर्यटनका लागि आफू लागि परेँको बताउँदै कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति हुनुपर्नेमा जोड दिए ।

थेवेले भने– साठीमुरेबाट १ घण्टाको दूरीमा विविध संस्कृति पाइन्छ, छुरेमा टावर र खरबन्दीको पर्यटकीय स्थलको विकासमा समेत ध्यान केन्द्रित गरेर दुई नगरपालिकाका सहयात्रा गरी अघि बढ्नुपर्ने जरुरी रहेको बताए ।

बेलटार खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष योगेन्द्र आचार्यले छिमेकी दुई पालिका बिच सहकार्यमा पर्यटकीय गन्तव्यको स्थल बनाए स्थानीय गतिलो आम्दानीको श्रोत हुनेमा जोड दिए ।

दुई नगरका प्रमुख र प्रदेश सांसदले साठीमुरे विकासका लागि प्रतिबद्ध भएसँगै स्थानीयबासीमा जनप्रतिनिधिप्रति विश्वास बढेर गएको पाइन्छ । वरिपरि जंगल घेरिएको साठीमुरे डाडाँबाट मनोरम दृश्य देखिन्छ । जो कोहीको मन समेत आकर्षण गर्छ । उक्त स्थानमा निर्माण हुँने ५० फुट अग्लो बुद्धको मुर्ति र टावरले झापा र इलामको नयाँ आकर्षण गन्तव्य बन्ने विश्वास लिएको छ । जनप्रतिनिधिको दृढ इच्छाशक्ति र प्राविधिक अध्ययन र छलफल काम अघि बढेसँगै स्थानीबासी समेत उत्साहित देखिन्छन् ।

दुई नगरपालिकाको साठीमुरेको परिकल्पनामा होमस्टे सञ्चालन समेत हो । स्थानीयबासी एकजुट भईअघि बढे होमस्टे सञ्चालन गतिलो श्रोत बन्ने देखिन्छ ।

जसले गर्दा पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएपछि त्यस क्षेत्रको स्थानीय बासिन्दाका लागि रोजगार तथा स्वरोजगार बन्ने अवसर सिर्जना हुनेछन् । साठीमुरे पुग्नेका लागि खुदुनाबारी बजारबाट करिब ५ किलोमिटर उत्तर पर्दछ ।