वीरता जेसीजले झण्डोत्तोलन गर्दै गर्यो वर्ष ०१९को कार्य थालनीको उद्घोष « Yalambar Times
१ बैशाख २०८१, शनिबार

वीरता जेसीजले झण्डोत्तोलन गर्दै गर्यो वर्ष ०१९को कार्य थालनीको उद्घोष


यलम्वर टाइम्स
४ माघ २०७५, शुक्रबार ०६:०५

बिर्तामोड । सामाजिक गतिविधिहरुदेखि लिएर युवाहरुलाई सकारात्मक दिशातर्फ डोहोर्याउँदै आएको वीरता जेसीजले झण्डोत्तोलन गर्दै वर्ष २०१९ को कार्य थालनी गरेको छ ।

बिर्तामोड स्थित वीरता जेसीजको सचिवालयमा राष्ट्रिय झण्डा र जेसीजको झण्डाको सम्मान स्वरुप झण्डोत्तोलन गरिएको हो । कार्यक्रममा झण्डोत्तोलन गर्दै वर्ष ०१९ को कार्य प्रारम्भ भएको अध्यक्ष विशाल थापाले जानकारी दिए ।

अध्यक्ष थापाले वीरता जेसीजको गरिमालाई जीवन्त राख्न आफ्नो टिम सक्रियताका साथ अगाडि बढ्ने प्रतिवद्धता गरेका थिए ।

अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल रहेका थिए । अग्रवालले राष्ट्रिय र जेसीजको झण्डाको झण्डोत्तोलन गरेका थिए ।

प्रमुख अतिथि अग्रवालले सकारात्मक सोचको विकास गराउने र एकताको सूत्रमा बाध्ने जेसीजको मूल मर्म भएको बताउँदै समाज उपयोगी र रचनात्मक कार्य गर्दै अगाडि बढ्न सुझाएका थिए ।

बैंठक बसी विधिवत रुपमा वर्ष ०१८ का अध्यक्ष एकराज गिरीले वर्ष ०१९ का अध्यक्ष विशाल थापालाई अध्यक्ष कुर्सी हस्तान्तरण गरे पश्चात सुरु गरिएको झण्डोत्तोलन कार्यक्रममा पूर्व अध्यक्ष सजेश शिवाकोटी लगायतको उपस्थिति रहेको थियो ।

महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संयोजक सत्रुघनप्रसाद गुप्ताले स्वागत गरेका थिए ।