सरकारले सही बाटो र सही नीति लिएको छ : प्रम ओली « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

सरकारले सही बाटो र सही नीति लिएको छ : प्रम ओली


यलम्वर टाइम्स
१९ माघ २०७५, शनिबार ०१:१०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सांसदहरुसँग शुक्रबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कुनै पनि बिषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन आग्रह गरेका छन् ।

पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न प्रधानमन्त्री ओलीले सांसदहरुलाई सम्झाएका छन् ।

‘पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्दा केही अन्यौल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।’

प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीयदलको बैठक नियमित राखिने, सांसदहरुलाई विभिन्न बिषयमा प्रशिक्षित गरिने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सांसदहरुसँग घनिष्ट सम्बन्ध राख्न आग्रह समेत गरेका छन् ।

‘कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुँदैनन्, त्यसका लागि सांसदहरुमार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनतामाझ पठाउने हो’ प्रधानमन्त्री ओलीले भने ।