आठौं चरण अन्तर्गत हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइदैं « Yalambar Times
३ बैशाख २०८१, सोमबार

आठौं चरण अन्तर्गत हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइदैं


यलम्वर टाइम्स
१५ फाल्गुन २०७५, बुधबार ११:२७

अर्जुनधारा । झापामा आठौं चरण अन्तर्गत आज हात्तीपाइले विरुद्धको औषधि खुवाइदैछ । झापाका विभिन्न गाउँ/नगरपालिकामा आज औषधी खुवाइदैछ ।

यस चरणमा १५ गतेदेखि २२ गतेसम्म औषधी खुवाउने कार्यक्रम रहेको छ । नेपाल सरकारले १५ वटा जिल्लामा अभियान सञ्चालन गरेको हो ।

त्यसै क्रममा झापाको अर्जुनधारा नगरपालिकाले पनि हात्तीपाइले रोग विरुद्धको औषधी नगरबासीलाई खुवाएको छ ।

आज जेष्ठ चौतारीमा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार राना, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल सहित नगरका जनप्रतिनिधिहरु र कर्मचारीहरुले हात्तीपाइले विरुद्धको औषधी सेवन गरी सुरुवात गरेका स्वास्थ्य शाखाले जनाएको छ ।

सो अभियान सफल पार्ने २५ जना स्वास्थ्यकर्मी र ४० जना स्वयसेवक घरदैलोमा खटाईसकेको नगरका स्वास्थ्य सह–संयोजक मिश्रीलाल शर्माले जानकारी दिए ।

हात्तीपाइले रोग निवारणको राष्ट्रिय कार्यक्रम अन्तर्गत अर्जुनधारा नगर क्षेत्रमा ६४ हजार ६ सय ६१ जनालाई खुवाउने लक्ष्य रहेको शर्माले बताए । हात्तीपाइले रोग लागेपछि निको नहुने हँुदा सबैलाई औषधि सेवन गर्न शर्माले अनुरोध गरेँ ।

हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी महिलाले सेवन गर्नै नमिल्ने उनले बताए ।