प्रधानमन्त्री ओलीद्वारा नेता अधिकारीको निधनमा दुःख व्यक्त « Yalambar Times
८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा नेता अधिकारीको निधनमा दुःख व्यक्त


यलम्वर टाइम्स
१९ फाल्गुन २०७५, आईतवार ०७:०७

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भरतमोहन अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

हिजो राती उपचारको क्रममा निधन भएका ८३ बर्षीय अधिकारीलाई प्रधानमन्त्री ओलीले आज बिहान पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा पुगेर श्रद्धान्जली व्यक्त गरेका छन् ।

अधिकारीको पार्थीव शरीरमा प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओडाएर सम्मान गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री अधिकारी चारपटक अर्थ मन्त्री र एकपटक निर्माण तथा यातायात मन्त्री भएका थिए ।