आर्मी झापा गोल्डकपको अन्तिम चारमा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

आर्मी झापा गोल्डकपको अन्तिम चारमा


यलम्वर टाइम्स
२१ फाल्गुन २०७५, मंगलवार १२:३७

बिर्तामोड । झापाको बिर्तामोड स्थित डोमलाल रंगशालामा जारी चौथो झापा गोल्डकपको सेमिफाइनलामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्थान सुरक्षित गरेको छ ।

उसले शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ३—० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

मंगलबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो । पहिलो हाफको ४३ औँ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको अन्त्यतिर एपीएफ सम्हालिन नसक्दा आर्मीले थप २ गोल गर्न सफल भयो । दोस्रो हाफको ३७ औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

आर्मीका फरवार्ड नवयुग श्रेष्ठले त्यसको एक मिनेट बित्न नपाउँदै तेस्रो गोल गरि टिमको जीत सुनिश्चित गरेका थिए ।

खेलमा म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

बुधबार विभागीय टोली नेपाल प्रहरी र थ्री स्टार क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।