सृजना को २७ औँ वार्षीक उत्सव सम्पन्न « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

सृजना को २७ औँ वार्षीक उत्सव सम्पन्न


यलम्वर टाइम्स
२५ फाल्गुन २०७५, शनिबार ०४:२६

अर्जुनधारा । अर्जुनधारा नगरपालिका ९ स्थित सृजना शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको २७ औँ वार्षिक उत्सव सम्पन्न भएकोे छ ।

विद्यालयका प्रधानाध्यापक विकाश बुढाथोकीको सभापतित्व र स्थानीय शिक्षा प्रेमी खोमबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य तथा कराते डेमोस्ट्रेसन प्रस्तुत गरेका थिए । वार्षिकोत्सव समारोहमा विद्यालयलाई स्थापना कालदेखि सहयोग गरेको भन्दै अभिभावक स्व. बिष्णुबहादुर राईलाई मरणोपरान्त सम्मान गरिएको थियो । सम्मान स्व. राईका छोरा तथा प्रमुख अतिथि खोमबहादुर राइलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयको प्रगति विवरण सुनाउँदै विद्यालयका सह–प्रधानाध्यापक विशाल बुढाथोकीले पठनपाठनका साथसाथै विद्यार्थीहरुको चौतर्फी विकास गर्ने उद्देश्यले बिभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए ।

कार्यक्रममा नियमित विद्यालय आएर आप्mना नानीहरुको पठनपाठनका विषयमा सोधपुछ गर्ने अभिभावकहरुमध्येबाट उत्कृष्ट ५ जना अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा क्रमशः सुनिता न्यौपाने, आशकुमारी राई, बिमला निरौला, पवित्रा आचार्य र चन्द्रकला राई रहेका छन् ।

त्यस्तै गरी २०७५ सालको वार्षिक खेलकुदमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने २०७४ सालको परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरु र नियमित विद्यालय आउने विद्यार्थी मध्येबाट आयुष घिमिरे, अनुशासित विद्यार्थीमा मौसम आचार्य र अनामीका सञ्जेल, आज्ञाकारी विद्यार्थीमा सौरभ राई, नियमित रुपमा सफा आउने विद्यार्थी ओनिसीफरस न्यौपाने र विद्यालय भर्ना भएदेखि आजसम्म विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुन सफल विद्यार्थी भावना कट्वाललाई सिल्ड तथा मेडलले सम्मान गरिएको थियो ।

अभिभावकको बृहत उपस्थितिमा भएको कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, अभिभावक देवेन्द्र संजेल, राम घिमिरे, शंखर चौहान लगायतको आतिथ्यता रहेको थियो ।

शिक्षक बिष्णु पोख्रेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका इन्चार्ज दिपेश पनेरु र विद्यार्थीहरुले संयुक्त रुपमा गरेका थिए ।