अर्जुनधारा जलेश्वरधामको दीर्घकालिन विकासका लागि सहयोग गर्ने उपप्रधानमन्त्री पोखरेलको प्रतिवद्धता « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

अर्जुनधारा जलेश्वरधामको दीर्घकालिन विकासका लागि सहयोग गर्ने उपप्रधानमन्त्री पोखरेलको प्रतिवद्धता


यलम्वर टाइम्स
२६ फाल्गुन २०७५, आईतवार ०७:४९

[सागर गौतम]

अर्जुनधारा । नेपाल सरकारका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वर धामकोे दीर्घकालिन विकासका लागि गुरुयोजना तयारी गरेँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धाम समितिले आयोजना गरेको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सयौं वर्ष टिक्ने व्यवस्थित गुरुयोजना बनाउन आग्रह गरेका हुन् ।

राजनीतिक दलले मान्छेलाई विभाजन गर्छ तर धामको विकासका लागि एकताबद्ध कार्यसमिति हुनु खुसीको कुरा भएको बताउँदै मन्त्री पोखरेलले गुरुयोजना तयार गर्दा त्यसको मर्म, विज्ञता र जानकारी राख्ने सम्मिलित हुनु पर्नेमा सुझाव दिएका थिए ।

दीर्घकालिन गुरुयोजनाको कार्यान्वयन सहजता ल्याउन सबैभन्दा जनता बलशालि भएकाले जनताको साथ समर्थन अनिवार्य भए त्यसले विकासको जग दह्रो हुने उनको भनाई थियो ।

आफूले देखेको कुरा मन्त्री परिषदमा उठाउने इशारा व्यक्त गर्दै पोखरेलले भने –‘प्रधानमन्त्री झापाकै भएकाले अंग पूराएर ल्याएको चिज पूरा हुन्छ, त्यसका लागि चाँडै धाम समितिलाई गुरुयोजना ल्याउन आग्रह गरेँ ।’

यहाँको स्थानीय सरकार अर्जुनधारा नगरपालिकामार्फत संघीय सरकारसम्म कोरीबाटी गरी शुद्ध गुरुयोजना ल्याए धाम समितिको विकास योजना पूरा हुने दाबी गरेका छन् ।

मन्त्री पोखरेलले सुरक्षा निकायको विषय औपचारिक ढङ्गले स्थानीय सरकारले गरेँ त्यो पूरा हुने बताउँदै आफूले पनि त्यसका लागि सहयोग गर्ने बताए ।

नेपालमा विकास हुने तर ती चिजहरुको सूरक्षा नहुने खतरा रहेको जनाउँदै मन्त्री पोखरेलले जनता सचेत भई व्यवस्थापन गर्नुपर्ने धारणा रहेको थियो ।

उनले भने –‘सन्धी, सम्झौता कागज छैन तर विदेशी पुस्तकालय र मिजीयममा हुने अवस्था छ, पुर्खाहरुले हजारौ वर्ष बनाएका चिजहरु यहाँ नहुने विदेशी मिजीयमा रहने परिदृश्य देखिएकाले जनता त्यसको व्यवस्थापनमा लाग्नुपर्नेमा उनको जोड थियो ।’

धाम समितिका अध्यक्ष नवीन गट्टानीले मन्त्री पोखरेलको सल्लाह, सुझावलाई प्रक्रियागत ढङ्गले अगाडि बढाउने बताएका थिए ।

उनले मोक्षेश्वर शिवलिङ्ग, ऋषिमुनि प्रकृतिको गुरुकुल, मन्दिर निर्माण सहित आयुर्वेद चिकित्सालय बनाउने भावी योजना समेत पेश गरेका थिए ।

जलेश्वर धाममा मन्त्री पोखरेलाई स्वागत अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना, धाम समितिका अध्यक्ष नवीन गट्टानी, वडा–१० अध्यक्ष बलदेव गोम्देन, योजना अधिकृत हिमराज सेडाई, वडा–४ अध्यक्ष दुर्गा दाहाल, वडा–७ अध्यक्ष नवराम ढुङ्गना, वडा–८ अध्यक्ष गोपिचन्द्र गौतम, वडा–१ अध्यक्ष गजाधर खतिवडा, युवा संघ नपाल प्रदेश कमिटी सदस्य गजेन्द्र खनाल लगायतले गरेका थियो ।

कार्यक्रम सञ्चालन धाम समितिका अम्बिका खतिवडाले गरेका थिए ।