चौथो झापा गोल्डकप: कसले चुम्ला त उपाधी ? « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

चौथो झापा गोल्डकप: कसले चुम्ला त उपाधी ?


यलम्वर टाइम्स
२६ फाल्गुन २०७५, आईतवार १२:३२

बिर्तामोड । झापाको बिर्तामोड स्थित डोमलाल रंगशालामा जारी चौथो झापा गोल्डकपको उपाधिका लागि सोमबार विभागीट टीम त्रिभुवन आर्मी क्लब र मग मग झापा ११ मैदानमा उत्रदैछन् ।

उपाधीका लागि प्रतिस्पर्धामा उत्रने दुवै टीमले उपाधी आफ्नो टीमले उचाल्ने दाबी गर्दै आएका छन् । आईतबार मग मग झापा ११ र त्रिभुवन आर्मी क्लबबीच पूर्व मिलान कार्यक्रममा दुवै टीमले यस्तो दावी गरेका हुन् ।

झापा गोल्डकपमा उपाधिका लागि तेस्रो पटक झापा र आर्मी आमनेसमने हुँदैछन् । त्रिभुवन आर्मी क्लब उपाधिलाई पुनः आफ्नो कब्जामा पार्ने दाउमा मैदानमा उत्रदै छ भने लगातार उपविजेतामै चित्त बुझाउँदै आएको मगमग झापा ११ यस पटक उपाधि भित्र्याउने दाउमा हुनेछ ।

कार्यक्रममा झापाका कप्तान कर्ण लिम्बूले उपाधिका लागि तन र मनले फाइनलमा प्रस्तुत हुने बताए ।

यस्तै आर्मीका कप्तान भरत खवासले झापा ११ राम्रो टिम भएको बताउँदै उपाधिको लागि कडा संघर्ष गर्नुपर्ने बताए ।

निकै प्रतिस्पर्धात्मक रुपमा हुने फाइनल खेलमा कसले उपाधि चुम्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

१० टीम सम्मिलित प्रतियोगिताको विजेता ट्रफि सहित नगद रु. १२ लाख ५५ हजार पाउने छ भने उपविजेताले ६ लाख ५ हजार पाउनेछन् ।