सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरण सुरु हुँदै « Yalambar Times
८ बैशाख २०८१, शनिबार

सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरण सुरु हुँदै


यलम्वर टाइम्स
२८ फाल्गुन २०७५, मंगलवार ०८:४७

अर्जुनधारा । सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम फागुन ३० गते बिहीबारबाट हुने भएको छ ।

महाअभियान समितिको आयोजना तथा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा हुने दोस्रो चरणको कार्यक्रमको उद्घाटन झापाको बिर्तामोडबाट हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रममा प्रभात फेरी, ट्राफिक सामग्री हस्तान्तरण, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास र सडक दुर्घटना न्यूनीकरणको १५ दिने अभियानको शुभाराम्भ गरिने महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

झापा जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राईका अनुसार प्रभात फेरी हनुमान सेन्ट्रलबाट सुरु भइ शनिश्चरेरोड, कृषिथोक, इलाम स्टेण्डहुँदै हनुमान सेन्ट्रलमा नै पुग्नेछ ।

प्रभात फेरीमा सयौँ संघसंस्था सहभागी हुनेछन् । ‘३० वटा शिक्षण संस्थालाई निमन्त्रण गरेका छौँ’, उनले भने ।

कार्यक्रममा ३५ लाखभन्दा बढीका सामग्री हस्तान्तरण गरिँदैछ । जसमा १० थान मोटरसाइकल, १० थान ब्रेथ लाइजर, १० थान विल लक र ७०० थान चालकलाई पोशाक प्रदान गरिने संयोजक गिरीले बताए ।

त्यस्तै, अनारमनी ३ मा रहेको ८ कठ्ठा जमिनमा जिल्ला ट्राफिक प्रहरीको ३ तले भवन निर्माण हुने भएको छ ।

उक्त भवनको सोही कार्यक्रममा डिजिटल प्रविधिबाट शिलान्यास गरिने भएको छ । प्रदेश सरकारको २ करोड ५५ लाख रुपैयाँमा कार्यालयसहित सेमिनार हल निर्माण हुने ट्राफिक प्रहरी प्रमुख राईले जानकारी दिए ।

यसैबीच, सडक दुर्घटना न्यूनीकरणको १५ दिने अभियानको शुभाराम्भ पनि सोही कार्यक्रमबाट हुने भएको छ । यो अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने प्रदेश ट्राफिकका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

उनका अनुसार न्यूनीकरण अभियान झापामा बिहीबार भए पनि अन्य जिल्लामा चैत १ गते सुरु हुनेछ । महाअभियानको समापन भने धरानमा हुने बताइएको छ ।

गौतमका अनुसार सवारी दुर्घटना न्यूनिकरण कार्यक्रम चारैतिर हुँदै आएकोले होला अहिले पूर्वमा महिनामा ३०–३५ वटा दुर्घना हुँदै आएको सहारा जस्तो सहयोगी संस्था सबैतिर भइदिए दुर्घटना न्यूनिकरण अझ प्रभावकारी भएर घटेर जाने थियो ।

पत्रकार सम्मेलनमा प्रमुख गौतमले सकारात्मक कार्यको थालनी भएको हुँदा ३० गतेको बन्दले ठूलो असर नपार्ला कि ।