इतिहासमा जनमुक्तिको विचार उच्च रहने छ: उपाध्यक्ष धिमाल « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

इतिहासमा जनमुक्तिको विचार उच्च रहने छ: उपाध्यक्ष धिमाल


यलम्वर टाइम्स
२८ फाल्गुन २०७५, मंगलवार १०:४१

सुरुङ्गा । राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख मोहन धिमालले जनमुक्ति पार्टी जातीय अग्रअधिकारसहितको संविधान निर्माण गर्ने पक्षमा जुटेको हुँदा क्षणिक स्वार्थका लागि पलायवादी सिद्धान्तमा नलागेको बताएका छन् ।

यलम्वर टाइम्सको विशेष प्रतिनिधिले गरेको सम्वादमा उपाध्यक्ष धिमालले यस्ता कुरा अगाडि सारेका छन् ।
धिमालका अनुसार स्वार्थी विचार भएका व्यक्तिहरु विचार विहीन दलसँग लिप्त भएर आफूमात्र उस्किने हुँदा विचार विहीन नेताहरुको पछि नलाग्न आग्रह गरे ।

३५ वर्षसम्म कम्युनिष्ट राजनीति गरेका धिमाल जातीय मुक्ति बिना नेपाल समुन्नत र समृद्ध हुन नसक्ने भएकोले जनमुक्तिको विचारलाई अंगालेर आफू अगाडि बढेको बताउँदै कुनै न कुनै दिन पहिचानवादी शक्ति तेस्रो धारमा उभिएर यो देश सञ्चालन गर्न पुग्ने नै छ । त्यसैले अहिले नै विचलन भएर बरालिनु नैतिकताले नदिने बताए ।

केही दिन अघि राष्ट्रिय जनमुक्ति पार्टी झापाको एक अन्तरक्रियामा उपाध्यक्ष धिमालले जनमुक्ति पार्टी विचारको राजनीति गर्ने दल हो ढिलो चाँडो यसले नेपालका आदिवासी जनजाति, उत्पीडनमा परेका वर्ग समुदायको अवश्य प्रतिनिधित्व गर्ने छ, संघीयताको पक्षमा पहिलो पटक आवाज उठाउने दल जनमुक्ति र अर्को दल सद्भावना भएको हुँदा इतिहासमा जनमुक्तिको स्थान उच्च रहने छ, तराईमा जन्मेको सद्भावना छिन्नभिन्न भएतापनि जनमुक्तिलाई पनि छिन्नभिन्न बनाउन कोसिस नगरेका होइनन् जनमुक्तिकै छत्रछायामा जन्मेका अनेकौं दलहरु छन्, तर जनमुक्तिको विचार कुनै मञ्च वा अखबारमा छरियो भने त्यो उपयोगी र उत्साहित भएको आदिवासी जनजातिहरुले स्वीकारेका छन्, स्वार्थ र क्षणिक मज्जाको भरमा अग्रअधिकार हात नपर्ने विश्वास जनमुक्तिमा रहेको हुँदा केही तितरबितर भएतापनि जनमुक्ति योद्धाहरु अढिक भएर आजसम्म रहेको उपाध्यक्ष धिमालले बताए ।

पार्टी जिल्ला अध्यक्ष पर्शुराम मगरको सभापतित्वमा भएको कार्यक्रममा महिला उपाध्यक्ष मिना पन्धाक, संघीय सचिव पदम जवेगु, संघीय सदस्य राज खम्बू, किरात–खम्बूवान लिम्बूवानका सचिव कृष्णकुमार थेवे, जिल्ला सचिव पदम सुब्बा, संघीय सदस्य शान्ति राई लगायतले जनमुक्तिको विचार अरु दलमा नपाइने भएको हुँदा यस दललाई नै फराकिलो र कर्मठ भएर जुट्नुपर्ने बताए ।