ट्राफिक प्रमुखलाई फेटा गुथेर यायोक्खाको बिदाइ « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

ट्राफिक प्रमुखलाई फेटा गुथेर यायोक्खाको बिदाइ


यलम्वर टाइम्स
२९ फाल्गुन २०७५, बुधबार ०७:२४

झापा । किरात राई यायोक्खा बिर्तामोड प्रारम्भिक समितिले मंगलबार एक कार्यक्रम गरी जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी प्रमुख राजेश राईलाई बिदाइ गरेको छ ।

ट्राफिक प्रहरी प्रमुख राईलाई यायोक्खा झापाका सल्लाहकार कुमार हाङ्छेन राईले फेटा गुथेर विदाइ गरेका हुन् ।

१६ महिनाअघि झापाको प्रमुख भएर आएका प्रहरी निरीक्षक राईले आप्mनो कार्यकाल कुशलतापूर्वक सम्पन्न गरी १ नम्बर प्रदेश कार्यालय इटहरी सरुवा भएपछि यायोक्खाले विदाइ कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै सल्लाहकार राईले बिदाइको क्षण दुःखदायी भए पनि आप्mनो जातिको व्यक्तित्व जिल्ला प्रमुख भएर विवाद रहित कार्यकाल सम्पन्न गरेकोमा खुसी व्यक्त गरे । उनले प्रमुख राईलाई सम्मानपत्र समेत प्रदान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख राईले आप्mनो कार्यकालमा आप्mनै जातीय संस्थासँग सहकार्य गर्न नपाएको भन्दै दुःख व्यक्त गरे ।

आपूm जिल्ला बाहिर रहे पनि सधैँ झापा र बिर्तामोडका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सोही कार्यक्रममा भर्खर सरुवा भएर इलाका प्रहरी कार्यालय अनारमनीमा आएका प्रहरी निरीक्षक श्रीप्रसाद राईलाई पनि फेटा गुथेर स्वागत गरियो ।

त्यस्तै, इप्रकामै सरुवा भएर आएका प्रहरी सहायक निरीक्षक किरण राईलाई पनि फेटा गुथेर स्वागत गरिएको थियो ।

प्रारम्भिक समितिका अध्यक्ष बेनुप राईको अध्यक्षतामा भएको कार्यक्रममा यायोक्खा झापाका सदस्य अर्जुन राई, किरात राई सुम्निमा संघ झापाकी अध्यक्ष चिजा राई लगायतले बोलेका थिए ।

समितिका सचिव गोपाल राईले सञ्चालन गरेको कार्यक्रममा सदस्य मुना राईले स्वागत गरेकी थिइन् ।