विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै सतासीले मनायो २२ औं वार्षिकोत्सव « Yalambar Times
६ बैशाख २०८१, बिहीबार

विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै सतासीले मनायो २२ औं वार्षिकोत्सव


यलम्वर टाइम्स
३० फाल्गुन २०७५, बिहीबार १०:१७

बिर्तामोड । उच्च प्रतिफलकासाथ वित्तीय कारोबार गरिरहेको बिर्तामोडको सतासी बहुमुखी सहकारी संस्था लि. ले स्थापनाको २२ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

वार्षिक उत्सवको अवसरमा सहकारीले संस्थाका तीन उत्कृष्ट कर्मचारी सहित ५ जना पूर्व सल्लाहकार समिति संयोजक र सदस्य, ७ जना उत्कृष्ट बचतकर्ता र ७ जना सक्रिय ऋणी सदस्य गरी २२ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा उत्कृष्ट कर्मचारीहरु हल्दिबारी सेवाकेन्द्र प्रमुख धनबहादुर विश्वकर्मा, कन्काई सेवा केन्द्रकी बजार प्रतिनिधि लक्ष्मी सापकोटा र सहकारी पसलकी लेखापाल कल्पना डाँगी रहेका छन् ।

उनीहरुलाई प्रशंसापत्र र नगद ३ हजार रुपैयाँले प्रदान गरिएको थियो । उत्कृष्ट कर्मचारीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका लेखा संयोजक लक्ष्मीप्रसाद उप्रेतीले प्रसंशापत्र प्रदान गरेका थिए ।

त्यस्तै, वार्षिक उत्सवमा विभिन्न सेवा केन्द्रका सक्रिय ऋणी सदस्यहरु सन्तोषकुमार पोखरेल, लालमाया श्रेष्ठ, मीना कार्की, फुलकुमारी सुब्बा, शिवप्रसाद राजवंशी, डम्बरबहादुर नेपाल र मुना नेपाली दर्जीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, असल बचतकर्ताको रुपमा नरमायाँ गुरुङ, मनोज विश्वकर्मा, इन्दिरा थापा, मीनाकुमारी मगर, ताराप्रकाश डाँगी, कुमारबहादुर माझी र निर्मल कार्कीलाई सम्मान गरिएको थियो ।

साथै, सहकारीले संस्थाका पूर्व सल्लाहकार समिति संयोजक र सदस्यलाई पनि सम्मान गरेको छ ।

सम्मानीत हुनेमा सल्लाहकार संयोजक भिमबहादुर श्रेष्ठ, सदस्यहरु पंकजबिक्रम नेम्वाङ, युवराज संग्रौला, खोमराज आचार्य र जर्नादन उप्रेती रहेका छन् । उनीहरु सबैलाई संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए ।

राष्ट्रिय सहकारी बैंकका लेखा संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक उत्सवमा संस्था परिसरमा राखिएको दान पेटीकामा संकलित रकम ६ हजार ८० रुपैयाँ मध्ये सहकारीले ७ हजार ९२० रुपैयाँ थप गरी १५ हजार रुपैयाँको चेक कन्काई छठ सेवा समाजका वरिष्ठ उपाध्यक्ष राजकिशोर चौधरीलाई हस्तान्तरण गरिएको थियो ।

चेक लिँदै छठ सेवा समाजका उपाध्यक्ष चौधरीले सहकारीलाई धन्यवाद दिएका थिए । उनले प्राप्त रकम सहि ढंगले सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीएस प्रधानले सतासी सहकारीले वित्तीय कारोबार र सुपथ मुल्यको सहकारी पसल सफलतापूर्वक सञ्चालन गरेको भन्दै प्रसंशा गरे ।

कार्यक्रममा पुरस्कृत कर्मचारी धनबहादुर विकले प्राप्त गरेको पुरस्कार बापतको रकम कुनै कोष खडा गरेर जम्मा गरिदिन संस्थालाई आग्रह गरे ।

वार्षिक उत्सव समारोहमा फस्ट माइक्रोफाइनान्स उर्लाबारीका हिरामणी सदा, आरपी डिस्ट्रिव्यूटर्सका शुरेसकुमार भद्रपुरे, जिल्ला सहकारी संघकी लेखा सदस्य पम्फा विक लगायतले शुभकामना मन्तव्य राखेका
थिए ।