नेतृत्व विकासका लागि अर्जुनधारामा लोम अफिसर तालिम « Yalambar Times
८ बैशाख २०८१, शनिबार

नेतृत्व विकासका लागि अर्जुनधारामा लोम अफिसर तालिम


यलम्वर टाइम्स
३ चैत्र २०७५, आईतवार ०२:०८

अर्जुनधारा । अर्जुनधारा जेसिजले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्दै नेतृत्व विकास गर्न लोम अफिसर तालिम प्रदान गरेको छ ।

शनिबार जेसिजको भवनमा सञ्चालित उक्त तालिममा संस्थापक महासचिव कुमार भट्टराईले सचेत नागरिकको जिम्मेवारी शीर्षकमा, वर्ष २०१५ का अध्यक्ष दिपीन राईले नेतृत्वमा हुनुपर्ने प्रभावकारी सञ्चारका गुण र संस्थापक अध्यक्ष इन्दिवर खड्काले जेसिजको परिचयका विषयमा सहजीकरण गरेका थिए ।

अध्यक्ष टीआर गौतमको सभापत्विमा भएको उक्त तालिममा जेसिजसँग आवद्ध २० सदस्यहरुको सहभागिता रहेको उपाध्यक्ष सुमन राईले बताए ।

कार्यक्रममा एन प्याब्सनका उपाध्यक्ष हरि खड्का, जेसिज २०१७ का अध्यक्ष प्रल्हाद ढुंगानाले शुभकामना मन्तव्य राखेका थिए भने समाजसेवी देवकला प्रसाईँ, प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौला, सचिव
प्रभुकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तालिम संयोजक दिपक भण्डारीले संयोजन गरेको कार्यक्रममा विमला भट्टराईले आस्था वाचन गरेकी थिइन् भने स्वागत कानूनी सल्लाहकार राजन साम्पाङ राईले गरेका थिए ।

कार्यक्रमको सञ्चालन भने महासचिव भास्कर भट्टराईले गरेका थिए ।