जनमुक्ति इजरायलको अध्यक्षमा माया « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

जनमुक्ति इजरायलको अध्यक्षमा माया


यलम्वर टाइम्स
६ कार्तिक २०७३, शनिबार ०२:०६

राज खम्बू

mayaइजरायल / राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो संगठन विस्तार गर्ने क्रममा प्रवासी समिति इजरायलको शाखा गठन गरेको छ ।

उत्साहका साथ इजरायल पुगेका जनमुक्ति सम्बद्ध एक भेलाले पार्टीको गरिमामय अध्यक्ष पदमा माया घले मगरलाई विजय गराएको छ । यसरी नै महासचिवमा चन्द्र पुलामी मगर, कोषाध्यक्षमा कला गुरुङ चयन भएका छन् । त्यस्तै गरी सदस्यहरुमा सरिन तामाङ, बसन्त रासकोटी, मन राना मगर चयन भएका छन् ।

शदियौंदेखिको लैङ्गिक विभेद दमन शोषण र उत्पीडित बनाएको हुँदा अब नेपाली जनता सहेर बस्न नसक्ने भएको हुँदा प्रवासबाटनै आवाज उठाउने उद्देश्यले इजरायलमा गठन भएको अध्यक्ष माया घलेले बताइन् । उक्त समितिले केही दिनभित्रै अन्य सदस्यका लागि पद पूर्ति गर्ने बताएका छन् ।