लगातार वर्षा सुरु भयो भने झापा जलमग्न हुने गरेको छ । यो कार्य एक दशक यताबाट सुरु भएको हो । यस अघि झापा जलमग्न हुनका लागि कि त बिन्दुली बाँध भत्किनु पथ्र्यो, कि यसका आसपासमा भएका खोलाहरुमा ह्वात्तै भेल आउनुपथ्र्यो । खोला र बाँधहरु नभत्किदा झापा जलमग्न हुनुलाई अव्यवस्थित प्लटिङ र खोलाधार पैनीहरु अतिक्रमण हुनु भन्ने बुझिन्छ ।
उर्भर भूमिमा खोलाका बालुवाहरु ल्याएर प्लटिङ गर्नु र पानी निकास हुने ठाउँहरु कतैबाट नखोजिनुले पाँच÷छ घण्टा पानी आउँदा झापा जलमग्न हुनु अन्याथा ठान्नु हुँदैन । आर्थिकोपार्जन गर्न सबैलाई रहर हुन्छ, तर त्यसले कस्तो असर पार्ला भनी दीर्घ सोच नबनाई जथाभावी अन्न उत्पादन गर्ने खेतलाई मान्छे बस्ने कोलेनी जस्तो बनाउँदा वर्षेको पानी निकास हुन नसक्दा झापा जलमग्न हुनु स्वाभाविक भएको विज्ञहरुले ठानेका छन् ।
जमिन किन्यो, बाटो बनायो, बिजुलीको पोल गाड्यो, भकाभक जमिन नाफामा बेचिदियो । न त त्यसको विरोध हुन्छ, न त उसले कमाएको रकमको कर लाग्छ । त्यसो नहुँदा प्लटिङ व्यवसायिको एकलौटी निर्णयले बस्ने कोलेनीहरु साँघुरो हुने, अव्यवस्थित फोहोरहरु थुप्रिने र आकाशबाट वर्षेको पानीको निकास नहुने हुँदा विशेष गरी राज्यले प्लटिङ व्यवसायलाई अलिक व्यवस्थित गरेर लाग्नु पर्ने देखिन्छ । हरेक कुराको निगरानी हुन्छ । त्यसले पार्ने असरको विषयमा छलफल हुन्छ । तर जग्गा खरिद गर्नेहरुको विषयमा न राज्यको ध्यान केन्द्रीत हुन्छ न राजनीतिक दल वा सरोकारवालाको । त्यसो नहुँदा झापा जलमग्न हुन पुगेको हो । यसलाई उचित व्यवस्था गरे अनावश्यक झन्झटबाट टाढा हुन सकिन्थ्यो । त्यस तर्फ सबैको ध्यान जान जरुरी छ ।