सरकारमा जाँदैनौ तर सहयोग गर्छौ- उपेन्द्र यादव « Yalambar Times
२८ भाद्र २०८१, शुक्रबार

सरकारमा जाँदैनौ तर सहयोग गर्छौ- उपेन्द्र यादव


यलम्वर टाइम्स
४ श्रावण २०७३, मंगलवार ११:३२

संघीय गठबन्धनका संयोजक रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि बन्ने काँग्रेस-माओवादी केन्द्र गठबन्धनको सरकारलाई सहयोग गर्ने बताएका छन्।

फोरम नेपालका अ111ध्यक्ष यादवले नयाँ सरकारमा आफूहरु सहभागी नहुने तर सहयोग भने गर्ने बताए। रिपोर्टस क्लबले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा फोरम नेपालका अध्यक्ष यादवले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधानका लागि नयाँ सरकारलाई सहयोग गर्ने बताएका हुन्।

फोरम नेपालका अध्यक्ष यादवले काँग्रेस-माओवादी केन्द्र गठबन्धनले प्रधानमन्त्रीका रुपमा अगाडि सारेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल म्याद गुज्रिएको औषधि जस्तै भएको भन्दै उहाँबाट ठूलो आशा गर्ने अवस्था भने नरहेको बताए। यद्यपि, अहिलेको सरकार ढलेर नयाँ सरकार बनेपछि संघीय गठबन्धनले उठाउँदै आएका माग सम्बोधनका लागि सहज वातावरण बन्ने उनको दाबी छ।

फोरम नेपालका अध्यक्ष यादवले अल्पमतमा परेको अवस्थामा राजीनामा दिन नै प्रधानमन्त्री ओलीका लागि हितकर हुने बताए। उनले संविधानमा नयाँ सरकार गठनको व्यवस्था छैन भनेर प्रधानमन्त्री ओली आयु लम्ब्याउने बाटोमा लागे त्यसले एमालेलाई ठूलो नोक्सानी पुग्ने दाबी समेत गरे।