टाङटिङ्ग र बिरिङ्गका पुल यो वर्ष पनि अपुरै « Yalambar Times
२ माघ २०८१, बुधबार

टाङटिङ्ग र बिरिङ्गका पुल यो वर्ष पनि अपुरै


यलम्वर टाइम्स
८ श्रावण २०७३, शनिबार ०३:१४

tanting copy शनिअर्जुन / लामो समय बितिसक्दा पनि टाङटिङ्ग नदीको पुल निर्माण हुन सकेन । उक्त पुलका विषयमा खुदुनाबारीका बासीन्दाहरुले बारम्बार आवाज उठाउँदा पनि सम्बन्धि पुल निर्माण गर्ने ठेकेदार र सरोकारवालाको ध्यान केन्द्रीत हुन नसक्दा छ वर्ष बितिसक्दा पनि पुल अपुरै रहन पुगेको छ ।

टाङटिङ्गमा आउने बाढीले गर्दा शनिश्चरेबाट खुदुनाबारी, दक्षिण इलामलाई असर त परेकै छ । रै पनि खुदुनाबारी बासीले खुदुनाबारीका लागि सहज अपनाउन बाँसको सहायताले पक्की पुल जोडिने बनाइदिएपछि आवतजावतमा सहज भएको गाविस सचिव तुलसी भण्डारीले बताए । उक्त पुलका विषयमा विभिन्न अन्तरक्रिया हुँदा पनि सम्बन्धित निर्माण कर्तालाई उभ्याउन नसक्नु दुःख लाग्दो बनेको छ ।400
यसरी नै बिरिङ्ग नदीमा निर्माण हुँदै गरेको पुल पनि समयमै निर्माण हुन नसक्दा शनिअर्जुन–२ का पश्चिम क्षेत्रका जनताहरु मारमा परेका छन् । उक्त पुल निर्माण हुँदा पश्चिम क्षेत्र रातेखाल, भाङबारी, सहासी बस्तीका जनताहरुलाई सहज हुने छ । तर मिनीपुलले ती क्षेत्रका बासिन्दाहरुलाई सहज तुल्याएको स्थानीय गणेश बस्नेतले प्रतिक्रिया दिए । झापामा यी दुई पुल उदाहरणका लागि यहाँ प्रस्तुत गरिएको हो । त्यसो त निर्माण काम सम्पन्न नभएर २० भन्दा बढी करोडौंका कामहरु अपुरा रहेका छन् ।

दक्षिण इलामको महमाई, दानाबारी जोड्ने पुल मात्र होइन अन्य बाटाहरु पनि अपुरै रहेका छन् । निर्माण गर्ने ठेकेदारहरुले सत्तासँग नजिक नेताहरुलाई निर्वाचनकोताका भोट लड्दा आर्थिक सहयोग गरेका हुँदा ठूला नेताहरुले सम्बन्धित ठेकेदारहरुलाई संरक्षण गरेको कारण त्यसको सास्ती जनताले भोग्नु परेको जिविस स्रोतले जनाएको छ ।
विशेष गरी जेठ–असार महिनामा निर्माण हुने बाटोहरु वर्खाका कारण भत्किएर जाँदा करोडौं रकम नष्ट हुन पुगेको छ । आर्थिक वर्षको हिसाब मिलाइ नसक्दै यसरी राज्यको ढिकुटी सिध्याउने काममा चनाखो भइएन भने त्यसको भार जनतामा पर्ने निश्चित छ ।