जलाधार र जग्गा धनीको सम्बन्धबाट दुवैलाई फाइदा « Yalambar Times
३ आश्विन २०८१, बिहीबार

जलाधार र जग्गा धनीको सम्बन्धबाट दुवैलाई फाइदा


यलम्वर टाइम्स
१८ श्रावण २०७३, मंगलवार १०:२८

biringशनिअर्जुन / विरिङ नदी जलाधार संरक्षण ब्लक नं. ७ र त्य ब्लक नं. अन्तर्गत रहेको जग्गा धनी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै विरिङ नदीलाई आफ्नो बहावमा डो¥याए दुवैलाई फाइदा हुने छलफलमा उठेको छ ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालद्वारा मंगलबार शनिअर्जुन–२ सामुहिक उद्धार तथा उपकार संघको भवनमा आयोजित छलफलमा जग्गा धनी र जलाधार बीच दुवै पक्षलाई एकै ठाउँ उभ्याइ यस्तो छलफल गर्दै मिलेर जान आग्रह गरेको हो ।
जग्गा धनीको तर्फबाट दिपेन्द्र ढकालले जलाधार समितिलाई उचित रुपमा चलायमान हुन विभिन्न निकायले विरिङ नदीमा गरेको लगानी खोज्दै त्यसमा सहभागि हुन आग्रह गरेका थिए भने नदी नजिक राखिएको क्रसरबाट भएको क्षतिलाई सुक्ष्म रुपमा हेर्न आग्रह गरेका थिए । ढकालले विरिङ नदीको विधानमा ३०/७० को योजना अनुसार आफूहरु सहमति भएको दोहो¥याए ।

कार्यक्रममा ब्लक नं. ७ का पूर्व अध्यक्ष श्रीप्रसाद कटुवालले जलाधार र जग्गा धनी बीच सुमधुर सम्बन्ध भएको र द्वन्द्व कतैबाट पनि नउठेको हुँदा आपसी समझदारीबाट समाधानमा पुग्न सकिने बताए ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरणले सहजीकरण गरेको कार्यक्रममा स्रोत केन्द्रका केन्द्रीय सदस्य संगीता थापाले जलाधारमा देखिएका समस्यालाई सहजीकरण गर्न स्थापित यस संस्थाबाट धेरै यस्ता समस्याहरु हल गर्दै लगेको बताउँदै जीत र हारको फैसला यस संस्थाले नगर्ने बताए ।

पूर्व राज्य मन्त्रि तथा जलाधारका संस्थापक अध्यक्ष बीरमणि ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ब्लक नं. ७ का युवराज पौडेलले सबैको सहयोग र वैज्ञानिक विचारबाट जलाधारको उद्देश्यीय सफल पार्न सकिने बताए । कार्यक्रममा जिल्ला वन महासंघका छत्र पौडेल, वाणिज्य संघ सचिव चतुर्भुज काफ्ले, रेडक्रस अध्यक्ष मानबहादुर कार्की, नेपाली कांग्रेसका प्रतिनिधि सन्तोष श्रेष्ठ, प्रेम पौडेल, खेम काफ्ले, गजेन्द्र कटुवाल, खगेन्द्र दनुवार, नरेन्द्र दाहाल, श्याम श्रेष्ठ, हिमादेवी राय, राजेन्द्र कटुवाल लगायतले आ–आफ्नो विचार र सुझाव राखेका थिए ।

प्रमुख अतिथि बीरमणि ढकालले विरिङ जलाधार संरक्षण तथा व्यवस्थापन समितिले एउटा नीति नियम तत्कालिन समयमा भेला गराई बनाए पछि त्यस मार्फत देखिएका समस्यालाई समाधान गर्न सकिने बताए । उनले विरिङ नदीमा मजदुरी गरेर खानेको उच्च सम्मान गर्दै समस्याको पहिचान र समाधान खोज्न सकिने बताए । विरिङ जलाधार केन्द्रीय अध्यक्ष छविलाल शिवाकोटीको सभापतित्वमा र ब्लक नं. ७ का सचिव मदन दनुवारले सञ्चालन गरेको कार्यक्रममा स्वागत महेश ढकालले गरेका थिए ।