४५ ठूलो सवारी सहित ८० सिटी रिक्सा नियन्त्रणमा, बन्द शान्तिपूर्ण « Yalambar Times
२ माघ २०८१, बुधबार

४५ ठूलो सवारी सहित ८० सिटी रिक्सा नियन्त्रणमा, बन्द शान्तिपूर्ण


यलम्वर टाइम्स
२२ श्रावण २०७३, शनिबार १०:३७

janamukti

शनिअर्जुन / राष्ट्रिय जनमुक्ति पार्टी नजिक लिम्बूवान राज्य परिषद् नेपालले आज २२ गते लिम्बूवानी जनताको लागि कालो दिन भन्दै आह्वान गरेको लिम्बूवान बन्द शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

बन्दको अवज्ञा गर्ने ४५ वटा ठूला सवारी र ८० वटा सिटी रिक्सा नियन्त्रणमा लिएको परिषद्का अध्यक्ष एभी पन्धाकले यलम्वर टाइम्स अनलाईन खबरलाई बताए । लिम्बूवान अन्तर्गत ताप्लेजुङमा सवारी पूरै बन्द भएको थियो भने छिटपुट दोकानहरु खुलेका थिए । पाँचथरको फिदिम, इलाम र तेह्रथुममा पनि बन्दको प्रभाव परेको थियो । संखुवासभा, भोजपुर लगायत बजारमा केही पसल खुलेतापनि यातायात भने चल्न सकेन । धनकुटामा पनि बन्द शान्तिपूर्ण रहेको यलम्वर टाइम्स समाचारदाता जनाए ।

muktichouk

पूर्वको बिराटनगर भने छिटपुट सवारी साधन चलेका थिए । कलकारखाना भने पूर्ण बन्द रहेको थियो । धरानमा भने पूर्ण बन्द भएको केन्द्रीय सदस्य विष्णु थाङ्देनलेबताए । उनका अनुसा
र अवज्ञा गर्ने ३० वटा सवारी साधनलाई बिहानै नियन्त्रणमा लिएर राखिएको थियो । तिनीहरुलाई ४ बजेपछि छाडिने जनाएका छन् । यसरी नै ८० वटा सिटी सफारीलाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।

यसरी नै झापामा पनि शान्तिपूर्ण बन्द सफल भएको पार्टीका सहसचिव पदम लिम्बूले बताए । दमक, सुरुङ्गा, बिर्तामोड, चारआली र काँकरभिट्टा गरी सय जना कार्यकर्ता खटिएका पार्टी अध्यक्ष पर्शुराम मगरले बताए । ति ठाउँबाट बन्द अवज्ञा गर्न खोज्ने १५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएकाहरुलाई साँझमा छाडिने पार्टी केन्द्रीय उपाध्यक्ष मीना पन्धाकले बताइन् ।
बन्द कार्यक्रममा केन्द्रीय सदस्य शिव आचार्य, जिल्ला उपाध्यक्ष भरतसिंह राई, पार्वती माङ्मु, विद्यार्थी मोर्चाका पूर्व नेता घनश्याम चेम्जोङ, बुद्धिबहादुर राई, युवा मोर्चाका नेताहरु खटिएका थिए ।

लिम्बूवान राज्य जनमुक्तिको पहिलो प्रस्ताव

धरान / राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय उपाध्यक्ष चन्द्र खापुङले लिम्बूवान राज्य स्वयत्त हुनुपर्छ भन्ने पहिलो प्रस्ताव राख्ने जनमुक्ति भएको बताएका छन् ।

धरानको भानु चौकमा बन्द सफलपछि मन्तव्य राख्दै राष्ट्रिय राजनीतिकबाट नै लिम्बूवान प्राप्त गरिने भएको हुँदा लिम्बूवान स्वायत्त राज्य नभएसम्म मुलुक द्वन्द्वमा फसिरहने बताए । उनले जातीय मुक्तिसँगै आत्मनिर्णयको अधिकार प्राप्तिका लागि जनमुक्ति बाहेक अर्को विकल्प नभएको ठोकुवा गरे ।

कार्यक्रममा लिम्बूवान राज्य परिषद्का सचिव रमेश गजमेयरले शान्तिपूर्ण आन्दोलनमा साथ दिनुभएकोमा सबैलाई धन्यवाद प्रदान गर्दै खोसिएका लालमोहर र पीडा दिएका हर्जना प्राप्त नभएसम्म लिम्बूवानमा साउन २२ गते बन्द रहिरहने बताए ।

कार्यक्रममा अध्यक्ष एवी पन्धाकले जनमुक्ति विचारले धनी भएको हुँदा यसका दर्शनबाट अन्य प्रभावित भएको भन्दै सम्पूर्ण नेपालीहरु जनमुक्तिमा आवद्ध हुनुपर्ने बताए । उनले बन्दलाई साथ दिनुहुनेलाई धन्यवाद ज्ञापन गरेका थिए ।

धरानमा सबैभन्दा बढी कार्यकर्ता खटेका थिए भने बेलबारी, उर्लाबारी, पथरी र इटहरीमा पनि शान्तिपूर्ण बन्द भएको पार्टीले जनाएको छ ।