धोविघाट / राष्ट्रिय जनमुक्ति पार्टी लगायत २९ दलीय गठबन्धनले स्थानीय संरचना निर्माणको विपक्षमा रहेको जनाएको छ ।
पार्टी अध्यक्ष केपी पालुङ्वाले गठबन्धनको बैठकमा स्थानीय पुनःर्संरचनाले पहिचान र सामथ्र्य समेत मेटाएर जाने भएको हुँदा त्यसको विपक्षमा रहेको बताए । बुधबार २९ दलीय गठबन्धनको कार्यालय तीनकुनेमा भएको बैठकमा पनि स्थानीय पुनःर्संरचना बनाउने कार्यलाई रोक्नुपर्ने माग गरेका थिए ।
कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहबाट गरिने पुनःर्संरचनाले पुरातनवादी सोचबाट नामाङ्कन गरिने भएको हुँदा कतिपय आदिवासी जनजातिका नामबाट राखिएका संरचनाहरु माटियामेट हुने भएको हुँदा त्यसलाई रोक्नुपर्ने बताए । अध्यक्ष यादवले आ–आफ्नो कार्यकर्ता मार्फत स्थानीय संरचनाको विपक्षमा जानुपर्ने बताए ।