धोविघाट / तीन वर्षमा पार्टीलाई वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले पार्टी चलायमान गर्न विभिन्न विभाग निर्माण गरेको पार्टी महासचिव केशव सूर्यवंशीले बताएका छन् ।
पार्टी अध्यक्ष केपी पालुङ्वाको सभापतित्वमा पार्टी संस्थापक अध्यक्ष एमएस थापाको प्रमुख आतिथ्यमा उक्त विभाग गठन गरिएको हो । पार्टीले १६ विभागमा पार्टीका वरिष्ट नेता डीके बुद्धिष्टलाई परराष्ट्र विभाग तोकिएको छ ।
यसरी नै उपमहासचिव टोप अस्लामी परराष्ट्र विभाग उपप्रमुख साथै सञ्चार विभाग प्रमुख, महसचिव केशव सूर्यवंशी युवा, विद्यार्थी र वुद्धिजीवि विभाग प्रमुख, सहअध्यक्ष मानध्वज ब्लोन अन्तरपार्टी सम्बन्ध प्रमुख, उपाध्यक्ष टीकाराम शर्मा अन्तरपार्टी सम्बन्ध विभाग उपप्रमुख, सहअध्यक्ष बुद्धश्री लामा महिला विभाग प्रमुख, उपाध्यक्ष मोहन धिमाल प्रशिक्षण विभाग प्रमुख, उपमहासचिव रामु परियार संगठन विभाग प्रमुख, कोषाध्यक्ष डबबहादुर गर्वुजा आर्थिक विभाग प्रमुख, संघीय परिषद सदस्य के.बी. पुन संगठन विभाग उपप्रमुख, संघीय परिषद सदस्य बोम दर्लामी संगठन विभाग सदस्य, संघीय परिषद सदस्य दल बहादुर बीरकट्टा जातीय समन्वय विभाग प्रमुख, संघीय परिषद सदस्य हरिदेव थापा आयआर्जन तथा स्वरोजगार विभाग प्रमुख, संघीय परिषद सदस्य सूर्यकुमार सारु यातायात विभाग प्रमुख, संघीय परिषद सदस्य चेतबहादुर आले कानुन तथा न्याय विभाग प्रमुख, संघीय परिषद सदस्य होमलाल पुन साँस्कृति विभाग प्रमुख, संघीय परिषद सदस्य मुरलीधर मिश्र कृषि विभाग प्रमुख तोकिएको पार्टीले जनाएको छ ।