स्क्रब टाइफसको न्यूनिकरणमा ध्यान देऊ « Yalambar Times
३१ भाद्र २०८१, सोमबार

स्क्रब टाइफसको न्यूनिकरणमा ध्यान देऊ


यलम्वर टाइम्स
६ भाद्र २०७३, सोमबार १२:२५

यो बेला नयाँ रोग स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । आधिकारिक रुपमा गत वर्ष मात्र संक्रमण पत्ता लागेको यो रोग मुलुकको विभिन्न जिल्लाहरुमा फैलदै आएको छ । यसको असर बढीजसो चितवन जिल्लामा देखिए पनि अहिले भने सिन्धुली, उदयपुर, नुवाकोट, बाँके, धनकुटा, इलाम लगायत अन्य जिल्लाहरुमा तिब्र गतिमा फैलदै आएको छ ।

स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ बाट संक्रमित सूक्ष्म कीरा माइटको टोकाइबाट मानिसको रगतमा फैलन्छ । यो स्क्रब टाइफस फैलाउने सूक्ष्म कीरा मुख्यतः झाडी, घाँस जंगल, खेतको छेउछाउ, पहाडी इलाका आदि भएको ठाँउमा रहने मुसा प्रजातिका जनावरमा बढी पाइने विज्ञहरु बताउँछन् । यसबाट पूर्वमा मात्र २ जनाको मृत्यु भइसकेको छ । संक्रमित सुलसुले लगायतका सूक्ष्म कीराले मानिसलाई टोक्दा उनीहरुको ¥यालमा भएको ‘रिकेटसिया सुसुगामुसी’ जीवाणु रगतमा फैलिन्छ । नेपालमा देखा परेको नयाँ रोग स्क्रब टाइफसले पछिल्लो समयमा भयाभह अवस्था सृजना गर्दै आएको छ ।

यो भाइरस सूक्ष्म जीवको टोकाइबाट मानिसमा फैलिसकेपछि १०४ डिग्रीको ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुन्निने र समयमै उपचार नभए बिरामीको मृत्यु समेत हुने गर्दछ । यो रोग समयमै पत्ता लागे एन्टिबायोटिकको सेवन गर्दा सजिलै निको हुन्छ । तसर्थ यसको न्यूनिकरण र रोकथामका लागि सम्बन्धित विभाग बढी क्रियाशिल रहनुपर्ने हुन्छ । स्वास्थ्य क्षेत्रमा कार्यरत् सम्पूर्ण व्यक्तिहरुको माध्यमबाट प्रत्येक क्षेत्रमा यसको बारेमा सचेतना फैलाउन जरुरी छ । यसो गर्न सके यसलाई सजिलै न्यूनिकरण गर्न सकिन्छ ।