यस क्षेत्रको पहिलो सेवा संस्था शंकर हस्पिटल « Yalambar Times
२ माघ २०८१, बुधबार

यस क्षेत्रको पहिलो सेवा संस्था शंकर हस्पिटल


यलम्वर टाइम्स
७ भाद्र २०७३, मंगलवार १२:०७

sankar11.jpg222  राजमार्गको उत्तरी क्षेत्रमा गौरव बनेर आएको शंकर हस्पिटलले यस क्षेत्रका जनतालाई पहिलो सेवा प्रदान गरेर आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ ।

यस हस्पिटलका जन्मदाता डाक्टर शंकरप्रसाद उप्रेति भएतापनि त्यसको बिडो यस क्षेत्रका सामाजिक व्यक्तित्व विशाल शिवाकोटी र युवा समाजसेवी प्रल्हाद ढुंगानाले थामेका छन् । बिडो थाम्नुभन्दा पनि जनतालाई सरल रुपमा सेवा दिनु नै मानवीयता हो भन्ने सर्वमान्य सिद्धान्तलाई शिवाकोटी र ढुंगानाले चरितार्थ गरेका छन् ।

डा. उप्रेतिले करिब ४ दशक सेवा गरेको ठाउँमा कुनै बेला झापाको दक्षिणी भेग र पश्चिम दमक गौरादहदेखि उपचारार्थका लागि आउने गर्थे । औलोको महामारी हुँदा पनि डा. उप्रेति औलोलाई परास्थ गर्ने पहिलो डाक्टर हुन्भन्दा अत्युक्ति नहोला । त्यसैले हिजो आज पनि शंकर हस्पिटलमा उप्रेतिकै शैलीबाट उपचार गरिने गरेको प्रबन्धक÷निर्देशक प्रल्हाद ढुंगाना बताउँछन् ।

ढुंगानाका अनुसार शंकर हस्पिटलमा त्यति ठूलो फी लिने चलन छैन । डा. उप्रेत्तिले दिएको सेवा जस्तै छ । २४ सै घण्टा सेवा सुविधा दिने ठाउँ भएको हुँदा हस्पिटल प्रालिले निर्णय गरेर नै ओपीडी सेवा (डाक्टरी शुल्क) रु.१५० तोकिएको छ । त्यसैले पनि होला यस क्षेत्रका मात्र नभइ इलामको दक्षिणी क्षेत्र दानाबारी, बर्पmल्याङ, शान्तिपुर, थाक्ले र झापाको खुदुनाबारी, शान्तिनगर, बुधबारे, जयपुर र साधुटारका जनताहरु उपाचारार्थका लागि आउने गरेका छन् । साधुटारबाट सेवा लिनेहरुको संख्या निकै भएको हुँदा बालकदेखि वृद्धसम्महरुले हस्पिटल लाँदा शंकर हस्पिटलमा लान भनि अनुरोध गर्ने गरेको यस क्षेत्रका एम्बुलेन्स चालक बताउँछन् ।
sankar‘थोरै पैसाबाट आफ्नो रोग पत्ता लगाउन सकिने भएको हुँदा शंकर हस्पिटललाई माया गरेको हो भन्ने हामीलाई लाग्छ’– प्रबन्धक ढुंगाना बताउँछन् । हस्पिटलले सेवाका लागि मुटुको इसीजी, प्याथोलोजी सेवा, एक्स–रे सेवा, नेबुलाइजर, भिडियो एक्स–रेसँगै गर्भपतन परामर्श सेवा र सुरक्षित डेलिभरी समेत गरिने जनाएका छन् । हस्पिटलको सेवाबाट प्रभावित भई खुदुनाबारीका रत्न थापा भन्छन् –‘मेडिकल र औषधी पसलमा गएर गरिने उपचारभन्दा गुणस्तरीय र विश्वासनीय हस्पिटल नै भएको हुँदा शंकर हस्पिटलले राम्रो सेवा दिएका छ ।’ उता इलाम शान्तिपुरका कविर राईका अनुसार हामी बच्चा हुँदादेखि शंकर हस्पिटलले सेवा दिएको हो । पहिलो सेवा हामी शंकर हस्पिटलबाटै लिन्छौं । हाम्रा सबै बालबच्चा यहीबाट निको हुँदै आएका छन् ।

हस्पिटल आधुनिक हाइफाईबाट नचलाइए तापनि, प्रचारमा कम आए तापनि बेला–बेलामा यस हस्पिटलले गरेको स्वास्थ्य शिविर उपयोगि भएर बिरामीहरु आउने गरेको जनाएका छन् । हाल हस्पिटलमा एक फिजिसियन डाक्टर रभिस पाण्डे सहित १४ जना स्वास्थ्यकर्मीहरु क्रियाशिल छन् । हस्पिटलका प्रबन्धक÷निर्देशक प्रल्हाद ढुंगाना भन्छन् –‘हस्पिटललाई अझ प्रभावकारी बनाउन र सेवा सुविधा दिन कम्मर कसिरहेका छौं ।’

sankar11२४ सैं घण्टा सेवामा समर्पित यस हस्पिटलले धेरै असहायहरुको सेवा गरिसकेको छ । त्यसैले पनि शंकर हस्पिटल भनेपछि सस्तो र भरपर्दो भन्ठानेर आउँने गरेको हस्पिटलमा कार्यरत एक कर्मचारीले बताए । बिरामीको रोग पत्ता लगाउने सबै उपकरण भएको हुँदा शंकर हस्पिटल सजिलो र भरपर्दो बनेको स्थानीयहरु बताउँछन् ।
‘गम्भीर प्रकारका र उपचार गर्न नसकिने अवस्था भए हामी बाहिर लान सल्लाह दिन्छौं’–डा. रभिस पाण्डेले बताए ।