मुलुकमा अशान्ति रहिरहने : अध्यक्ष पालुङवा « Yalambar Times
११ पुष २०८१, बिहीबार

मुलुकमा अशान्ति रहिरहने : अध्यक्ष पालुङवा


यलम्वर टाइम्स
१५ भाद्र २०७३, बुधबार १०:३५

00

धरान / राष्ट्रिय जनमुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष खड्गप्रसाद पालुङवाले जनमुक्तिको सिद्धान्तलाई अक्षरस पालना नगरे मुलुकमा अशान्ति भइरहने बताएका छन् ।

धरानमा सम्पन्न प्रादेशीक भेलालाई सम्बोधन गर्दै अध्यक्ष पालुङवाले जातीय मुक्ति र आत्मनिर्णयको अधिकार साथै पहिचान सहितको संघीय संरचना निर्माण नभएसम्म मुलुक शान्ति मार्गमा कुद्न नसक्ने बताएका छन् । जनमुक्ति पार्टीे स्थापना समयदेखि नै १२ वटा संघीय प्रदेशको खाका बोकेर उदाएको पार्टी भएको हुँदा मुलुकको दीगो विकासका लागि जनमुक्तिको सिद्धान्त एक मात्र अचुक सिद्धान्त भएको बताए । पालुङ्वाले जनमुक्तिका विचारहरुलाई राज्यसत्तामा रहेका शासकले सम्बोधन नगरे अशान्तिको बाटोमा मुलुक कुदिरहने ठोकुवा गरे ।

11कार्यक्रममा प्रमुख अतिथि मुल्याङ्कन विभाग प्रमुख रामबहादुर तुम्बाहाम्फेले लिम्बूवानका नाममा खोलिएका राजनीतिक दलको विचार पनि जनमुक्तिकै भएको हुँदा यस पार्टीमा समाहित हुन कुमार लिङ्देन र सञ्जुहाङका राजनीतिक दललाई आग्रह गरेका थिए । प्रमुख अतिथि तुम्बाहाम्फेले दीगो विकास आत्मनिर्णयको अधिकारबाट प्राप्त हुने हो, आत्मनिर्णय सिद्धान्त र आदिवासी जनजातिको भावना जारी संविधानले नबोकेको हुँदा यसलाई संशोधन गरिनुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ उपाध्यक्ष यामबहादुर बुढाथोकीले राज्य पुनःर्संरचना अन्तर्गत ७ प्रदेश राष्ट्रिय जनमुक्ति पार्टीको भावना विपरित भएको बताए । विदेश उपाध्यक्ष कमला थापाले महिला मुक्ति र अवसरको बाटो जनमुक्तिमा भएको बताए । अर्का अतिथि मानध्वोज व्लोनले पहिचान र जातीय अधिकार कसैको पेवा नभएको बताए । अर्का अतिथि मोहन धिमालले राज्य सत्ताको दुरुपयोग गर्ने दलहरु कुनै न कुनै दिन कटघरामा उभिने छन् भन्दै नीतिगत भ्रष्टाचार गर्नेलाई चौभञ्ज्याङ कटाउने सिद्धान्त जनमुक्तिमा भएको बताए ।

प्रादेशिक भेलामा पार्टीका संस्थापक ५९ जनालाई पार्टीले सम्मान गर्दै दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए । सम्मानित हुनेहरुमा ललित मियाङ्बो, बलबहादुर थक्लुङ, लक्ष्मी इङनाम, दुर्गाबहादुर कटुवाल, लोकप्रसाद कन्दङ्वा, भवानीविक्रम सेलिङ, सबी मियाङ्बो, हनुमान अग्रवाल, सुबेदार कृष्ण लिङ्देन लगायत रहेका छन् । कार्यक्रममा वरिष्ट नेता सरणकुमार लिम्बू, उपाध्यक्ष मीना पन्धाक, दलित नेता रमेश गजमेयर, तिर्थ राई, विष्णु थाङदेन, विवेक राई लगायतले महासभा सदस्यहरुलाई शुभकामना दिँदै नवप्रवेशी १५० जनालाई बधाई ज्ञापन गरेको केन्द्रिय सदस्य लोक आङ्लाले बताए ।

पार्टीका पूर्वाञ्चल उपाध्यक्ष चन्द्रहाङ खापुङको सभापतित्वमा भएको कार्यक्रममा स्वागत पूर्णकला लिम्बू र सञ्चालन पदम जवेगुले गरेका थिए । कार्यक्रम खापुङहाङ रिसोर्ट सेन्टरमा भएको थियो । कार्यक्रममा संघीय लिम्बूवान पार्टी र राप्रपा नेपालका १५० बढी कार्यकर्ताहरु प्रवेश गरेका थिए भने कार्यक्रम सुरु हुनु अघि पार्टीका संस्थापक महासचिव स्व. गोरेबहादुर खपाङ्गीप्रति श्रद्धाञ्जली प्रकट गरिएको थियो ।