शनिअर्जुन क्षेत्रका सम्पूर्ण मठमन्दिर परिषर सफा गरिने « Yalambar Times
१५ पुष २०८१, सोमबार

शनिअर्जुन क्षेत्रका सम्पूर्ण मठमन्दिर परिषर सफा गरिने


यलम्वर टाइम्स
१३ आश्विन २०७३, बिहीबार ०४:०९

00शनिअर्जुन / ‘स्वच्छ सफा सुन्दर नगर बनाउने हामी युवाको रहर’ भन्ने मुल उद्देश्यका साथ भर्खरै स्थापना भएको नव नेपाल युथ क्लब शनिअर्जुनले पहिलो चरणको कार्यक्रम अन्तर्गत अर्जुनधारा धाम परिषरमा सरसफाइ गरेको छ ।

शनिअर्जुन नगरपालिकाका उर्जासल युवाहरु को यो कदम ले समाजमा एउटा सकारात्मक सन्देश जानेमा कुनै दुइमत छैन । पहिलो चरणको कार्यक्रम अन्तर्गत शनिअर्जुन क्षेत्रमा रहेको सम्पूर्ण धार्मिक स्थल तथा मठ मन्दिरहरुको सरसफाइ गरिने क्लबले जनाएको छ ।

सरसफाइपछि भएको औपचारिक कार्यक्रममा बोल्दै धामका पुजारी अग्नि सिग्देलले बिगतमा पनि थुप्रै संघ संस्थाहरु सरसफाइको लागि भन्दै आए पनि सरसफाइ भन्दा प्रचार ज्यादा गर्ने गरेको तर यो क्ल्बले भने त्यसो नगरी सरसफाइ मात्र गरेकोमा खुसी व्यक्त गरे । त्यसै गरी समाजसेवी कृष्ण भट्टराई ले यो राम्रो कार्य को लागि युवाहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्तै यस्तै सकारात्मक कामहरु गरेर समाज परिवर्तन गर्न यो अभियानले महत्वपूर्ण भुमिका खेल्नेमा आफु निर्धक्क भएको बताए ।

सरसफाई कार्यक्रममा ५० भन्दा बढीको संख्यामा जोश र जागरले भरिएको युवाहरुको उपस्थिति रहेको थियो । सरसफाइ कार्यक्रममा नव नेपाल युथ क्लबका सचिव सागर खरेलले अब यो सरसफाइ अभियानलाई निरन्तरता दिँदै समाजमा एउटा पृथक पहिचान बनाउनेमा आफु विश्वस्त रहेको बताए ।

99क्ल्बले भावी दिनहरु सकारात्मक बाटो तर्फ हिडाउने र युवाहरुलाई सामाजिक कामहरुमा उत्प्रेरित गर्न ससक्त ढंगले थप कार्यक्रमहरु अगाडी ल्याउने क्लबका अध्यक्ष केशव शिवाकोटीले जानकारी दिए । औपचारिक कार्यक्रमको सञ्चालन सचिव खरेलले गरेका थिए ।