पूर्वकै उज्यालो पार्क शनिअर्जुनमा अवस्थित ‘फन वल्र्ड’ « Yalambar Times
२ माघ २०८१, बुधबार

पूर्वकै उज्यालो पार्क शनिअर्जुनमा अवस्थित ‘फन वल्र्ड’


यलम्वर टाइम्स
१३ आश्विन २०७३, बिहीबार १२:२९

11111111111

शनिअर्जुन / एउटा मानिसलाई स्वास्थ्य रहनको लागि जति कसरत र आराम चाहिन्छ त्यति नै मात्रामा मनोरञ्जनको पनि आवश्यकता पर्दछ । त्यही आवश्यकतालाई महशुस गरी शनिअर्जुन–२ मा पूर्वाञ्चलमै पहिलो पटक स्वच्छ, सफा र शितल वातावरणमा फन वल्र्ड पार्क स्थापना गरिएको छ ।

पूर्वको पशुपतिनाथको नामबाट परिचित अर्जुनधारा जलेश्वरधामको नजिकै निर्माण गरिएको उक्त पार्कको मुख्य उद्देश्य लक्षित वर्गलाई मनोरञ्जन प्रदान गर्नुको साथै आर्थिक विकासका गरी यस क्षेत्रलाई सुन्दर बनाउने हो ।

युवा व्यवसायी तथा लगानीकर्ता सरज जोशी, सुरेन्द्र गुरागाईं, समिर मोदी र राजनयन शाहले बिहीबार फन वल्र्ड परिषरमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका थिए । २ विगाह १० कठ्ठा क्षेत्रफलमा फैलिएको पार्कमा बच्चादेखि वृद्धसम्मका लागि उपयुक्त रहेको बताए । फन पार्कका सदस्य समिर मोदीका अनुसार २ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिका लागि किड जोन, युवाहरुका पेन्ट बल, एटीभी बाइक, रेन डान्स, व्बाई जोर्व, बोर्टिङ, सुमो स्वोट, वाटर बल, वाटर जोर्व र विभिन्न मनोरञ्जन गर्न मिल्ने र वृद्धहरुका लागि पनि उपयुक्त मनोरञ्जन प्रदान गरिने व्यवस्था मिलाइएको बताए ।

पत्रकार सम्मेलनमा अर्का सञ्चाकल सुरेन्द्र गुरागाईँले युवा तथा वृद्धहरुका लागि मर्निङ वर्क र रात बस्न आउने अतिथिहरुको लागि डिलक्स लज र सुपर डिलक्स लजको समेत व्यवस्था मिलाएको जानकारी दिए । २ करोडको लगानीमा बन्दै गरेको फन वल्र्ड स्थानीय रोहित श्रेष्ठसँग २५ वर्षको लागि लिजमा लिइएको जनाएका छन् । फन पार्कको बिचमा मिनि कन्याम डाँडा पनि बनाइएको छ ।

आर्थिक समृद्धिको बाटो निर्माण गर्न युवाहरु पहिलो पटक फर्न पार्कबाट उदाएका हुन् । जति पनि लगानीकर्ताहरु छौं सबै व्यवसायीसँगै शिक्षासँग आवद्ध भएको अर्का व्यवसायी सरज जोशीले बताए । पत्रकार सम्मेलनमा राजनयन शाहले फन पार्कलाई रिजर्ब गरेर कार्यक्रम गर्न सकिने तर रिजर्ब गर्न एक हप्ता अघि सूचना दिनु पर्ने बताए । पार्कको औपचारिक उद्घाटन भने १७ गते हुने जनाएका छन् ।