जनमुक्ति अधिवेशनमा तातियो « Yalambar Times
१७ असार २०८२, मंगलवार

जनमुक्ति अधिवेशनमा तातियो


यलम्वर टाइम्स
२१ आश्विन २०७३, शुक्रबार ११:५१

सुरुङ्गा / राष्ट्रिय जनमुक्ति पार्टी झापा आफ्नो अधिवेशन गर्नका लागि विभिन्न इकाइ र क्षेत्रको अधिवेशन गर्दै जिल्ला अधिवेशन गर्न तातिएको छ ।

म्याग्लुङमा सम्पन्न अगुवा भेलाको घोषणापत्र अनुसार मंसीर २५ र २६ गते लिम्बुवान क्षेत्रका ९ वटै जिल्ला एकैसाथ सम्पन्न गर्ने उद्देश्यले अधिवेशनमा जुटेको हो । पार्टी झापाका अनुसार कात्र्तिक मसान्तभित्र गाउँ, नगर, मंसीर ७ गतेभित्र क्षेत्रीय अधिवेशन, मंसीर १५ गतेभित्र जनवर्गीय संगठनको जिल्ला अधिवेशन सम्पन्न गर्ने भएको छ । पार्टीका उपसचिव पदम लिम्बूका अनुसार क्षेत्रीय अधिवेशन सम्पन्न गर्न क्षेत्र नं. १ मा मोहनसिं डुम्जन, कृष्णकुमार थेवे र दिलीप राई, २ मा शिवप्रसाद आचार्य, गोपाल थारु, विष्णुकुमार राजवंशी, ३ मा तिलसिंह माङ्मु, क्या. शिवकुमार राई, टंकीनाथ योङहाङ, ४ मा भरतसिंह राई, पार्वता माङ्मु, रत्न खजुम र रिना मगर रहेका छन् । ५ मा भवानी विक्रम सेलिङ र संगीता नेम्वाङ रहेका छन् । ६ मा धनराज राई, पर्शुराम मगर, कैलाश थापा, डगमाया थापा रहेका छन् । ७ मा लालबहादुर खजुम, मैना बराइली, धनमाया थापा र खेमकुमारी मगर रहेका छन् ।

बैठकले भूपू सैनिक पुर्नगठनका लागि दुर्गाबहादुर कटुवाल, कालुराम राई, मजदुर मोर्चाका लािग खड्ग चेम्जोङ, राष्ट्रिय आदिवासी जिल्ला अधिवेशनको लागि धनबहादुर गोले, विद्यार्थी मोर्चाको लागि पर्शुराम मगर, सुकुम्बासी मोर्चाको लागि भरत थापा र जय शेर्मा, युवा मोर्चाको लागि पदम कन्दङ्वालाई जिम्मा सुम्पिएको छ ।