समानताको लडाई जारी रहने: जनमुक्ति « Yalambar Times
२९ भाद्र २०८१, शनिबार

समानताको लडाई जारी रहने: जनमुक्ति


यलम्वर टाइम्स
६ कार्तिक २०७३, शनिबार ०१:५४

janmukti

सुरुङ्गा / राष्ट्रिय जनमुक्ति पार्टीका महिला नेतृ तथा केन्द्रिय उपाध्यक्ष मीना पन्धाकले एकात्मकवादको अन्त्य नभएसम्म समानताको लडाई जारी रहने बताएका छन् ।

झापाको सुरुङ्गामा अगुवा कार्यकता प्रशिक्षणसँगै ४२ नवप्रवेशीहरुलाई सदस्यता प्रदान गर्दै मुलुक ठूला दलका नाममा एक जाति विशेषले सञ्चालन गरी भूमि पुत्रहरुलाई अगाडी बढ्न नदिएको आरोप लगाउँदै त्यसको विरुद्धमा राष्ट्रिय जनमुक्ति पार्टी जनता जागरण अभियानमा जुटेको बताए । कार्यक्रममा विशिष्ट अतिथि तिर्थ राईले हरेक तह र निकायमा समान अधिकार नभएसम्म नेपालका भूमि पुत्र र जनता आन्दोलनमा सरिक भइरहने बताए । राईले अबको आन्दोलन जनमुक्तिले नेतृत्व गर्ने बताए ।

पार्टी अध्यक्ष पर्शुराम मगरको सभापतित्वमा भएको कार्यक्रममा सहभागिलाई प्रशिक्षण कन्द्रिय सचिव बलदीप राईले प्रदान गरेका थिए । राईले कायरलाई शासकले सधै दास बनाउने हुँदा हामी कहिलेसम्म कायर भएर बस्ने ? भनी प्रशिक्षण सुरुवाद गरेका थिए । कार्यक्रममा स्वागत डगमाया मगरले गरेकी थिइन् भने कांग्रेसका क्रियाशिल कार्यकर्ता धनबहादुर मगर, माओवादीका पदम लिमेल मगर, मगर संघ शनिअर्जुनका सचिव भुपाल राना मगर लगायत ४७ जना जनमुक्तिमा प्रवेश गरेका थिए । कार्यक्रमको सञ्चालन भने सहसचिव पदम कन्दङ्वाले गरेका थिए ।