देउसी–भैलीबाट संकलित रकम शैक्षिक उन्नतिका लागि खर्च गरिने « Yalambar Times
४ आश्विन २०८१, शुक्रबार

देउसी–भैलीबाट संकलित रकम शैक्षिक उन्नतिका लागि खर्च गरिने


यलम्वर टाइम्स
२१ कार्तिक २०७३, आईतवार ०९:२५

सन्देश सुब्बा

पाँचथर / जिल्लाको फिदिम नगरपालिका–५ स्थित सुखवोध माविले दिपावलीको अवशरमा सञ्चालन गरेको देउसी–भैली कार्यक्रमबाट संकलित रकमलाई शैक्षिक उन्नतिका लागि खर्च गरिने भएको छ ।

कार्यक्रमबाट संकलित ६ लाख १३ हजार ४ सय ४ रुपैंयाँ रकम विद्यालयमा कार्यरत नीति शिक्षकको तलव खर्च र शैक्षिक सामग्री खरिद साथै खेलमैदान निर्माणका लागि खर्चिने प्रधानाध्यापक पुष्प प्रसाद भण्डारीले बताए ।

पाँचथर सदरमुकाम फिदिम नगरपालिका–४ आहालगैरीको टोल सुधार समितिले यसवर्षको देउसी–भैलोबाट संकलित रकम टोलकै सरसफाईमा खर्च गर्ने भएको छ । त्यस्तै फिदिम–४ आहालगैरी स्थित टोल सुधार समितिले सञ्चालन गरेको देउसी–भैलीबाट संकलित ३७ हजार रकम पनि टोल सरसफाइका लागि खर्च गरिने शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।